नेपालको रेटिङ दोस्रो पटक पनि बीबी माइनस
आर्थिक परिवेश०२ मसिर काठमाडौं । नेपालले सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)मा ‘बीबी माइनस’ पाएको छ । नेपालले पाएको यो रेटिङ दोस्रो पटक हो । गत वर्ष पनि नेपालले सोही रेटिङ प्राप्त गरेको थियो । अर्थ मन्त्रालयका अनुसार क्रेडिट ‘रेटिङ’का लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच’ले सन् २०२५ का लागि ‘फिट्च रेटिङ्स’बाट दोस्रो पटक यस्तो रेटिङ्स प्राप्त गरेको हो । यससंगै क्रेडिट रेटिङले नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः राम्रो देखाएको छ । यो रेटिङले मुलुकभित्र सकारात्मक आर्थिक आधार तयार हुँदै गएको कुरालाई देखाएको मन्त्रालयले जनाएको छ । यो रेटिङले नेपाललाई वैदेशिक लगानी बढाउन मद्दत पुर्याउने मन्त्रालयले जनाएको छ…
३ महिनामा विदेशी विनिमय सञ्चिति बढेर २९ खर्ब ७९ अर्ब ८१ करोड पुग्याे
आर्थिक परिवेश३० कार्तिक, काठमाण्डौ । नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर ३० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) मा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । २०८२ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो । अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड सञ्चिति रहेकोमा असोज मसान्तसम्म ८.७ प्रतिशतले बढेर २१ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो महिनासम्मको तथ्यांकलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु…
नेपालको अर्थतन्त्रको विकासमा डा यादवप्रसाद पन्तको योगदान महत्वपूर्ण
पूर्व गभर्नर स्वर्गीय पन्तको १०० औँ जन्मजयन्ती२९ कार्तिक, काठमाण्डौ । नेपालका धुरन्धर विद्धान डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक एक दिने विचार गोष्ठी शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व अर्थमन्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर स्वर्गीय पन्तको १०० औँ जन्मजयन्तीका सन्दर्भमा नेपाल राष्ट्र बैंकद्वारा अायाेजित गोष्ठीमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको आधुनिक अर्थतन्त्रको जग बसाली नेपालको अर्थव्यवस्थालाई अन्तर्राष्ट्रिय क्षेत्रसँग आबद्ध गर्ने सन्दर्भमा डा. पन्तको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । डा. पन्तलाई बहुआयामिक व्यक्तित्व’को रुपमा स्मरण गर्दै अर्थमन्त्री खनालले भन्नुभयो, “उहाँ कुनै एउटा विधामा मात्रै सीमित हुनुहुन्थेन । वित्तीय नीति र मौद्रिक नीतिसँगै कुशल योजनाकार ,कुटनीतिज्ञ र राजनीतिमा…
११ राजदूत फिर्ता बोलाउने निर्णयमा सर्वोच्चकाे राेक
आर्थिक परिवेश१६ कात्तिक, काठमाडौं । सरकारले छानिछानि ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको भन्दै सर्वोच्च अदालतले त्यसलाई बन्देज लगाइदिएको छ। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेभित्रमा फर्किन सक्न ११ देशका राजदूतलाई निर्देशन दिएको थियो। तर सरकारको यो निर्णय बदर गर्न माग गर्दै परेका रिटमा न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘फिर्ता बोलाइएका ११ जना राजदूतहरूको पदावधि बाँकी नै रहेको अवस्था देखिन आएको, फिर्ता बोलाउनु पर्ने कारण मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको नदेखिएको, रिक्त हुन आउने राजदूत पदमा नयाँ नियुक्ती सम्बन्धमा कुनै कार्य भए गरेको भन्ने…
बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि जापानले दियाे दुई अर्ब ६० करोड अनुदान
आर्थिक परिवेश१३ कार्तिक,काठमाडौँ । जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि दुई अर्ब ६० करोड रूपैया अनुदान सहयोग प्रदान गरेको छ । बिहिवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत तोरु मायदाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको बिपी राजमार्ग राजधानी काठमाडौँबाट पूर्वी तराई जोड्ने नेपालको एक महत्त्वपूर्ण राष्ट्रिय राजमार्ग हो । उक्त राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो ।…