नेपालको जल एवम् सौर्य ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
आर्थिक परिवेश११ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालको जल एवम् सौर्य ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नु भएकाे छ । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै घिसिङले त्यसताे आह्वान गर्नु भएकाे हाे । ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनले हामीलाई ऊर्जा क्षेत्रमा दिगो बनाउन सक्ने सम्भावना छ,’ उहाँले भन्नु भयाे , ‘म हाम्रा मित्र राष्ट्र र साझेदारलाई निम्तो दिन्छु- नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो तथा हरित भविष्यको हिस्सा बन्नुहोस् ।’ वृहत स्तरको स्वच्छ ऊर्जा…
टि–२० आइसिसी विश्वकप, २०२६ का लागि नेपाल छनोट
आर्थिक परिवेश२९ असाेज, काठमाडौँ । नेपालअर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो । जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो । गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अङ्कको आवश्यक पर्दथ्यो । तर खेल…
विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड
आर्थिक परिवेश२८ असोज, काठमाण्डौ । चालु आर्थिक बर्षको भदौ महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५८२ अर्ब ३८ करोड पुगेको छ । आर्थिक वर्ष…
अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई अर्थमन्त्रीकाे सम्बाेधन
आर्थिक परिवेश२८ असोज, वाशिङटन डिसी (अमेरिका) । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नु भएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्नु भएकाे छ। उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गर्नु भएकाे थियाे । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरुकाे समेत उपस्थित रहेको थियो । अर्थमन्त्री खनाल र कोषका निर्देशकबीच भेट साेही सर्न्दभमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका…
एसियाली विकास बैंकसँग सरकारले १४ अर्ब रुपैयाँ बढी ऋण लिने
आर्थिक परिवेश२४ असाेज काठमाडाै । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार र सेवा प्रवाह हस्तान्तरण कार्यक्रमका लागि एसियाली विकास बैंकसँग १४ अर्ब रुपैयाँ बढी ऋण लिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एडीबीसँग १०० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब २५ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो। बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता लिन बिहीबारको मन्त्रिपरिषदले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।