दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता, ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्छ : अधिकारी
आर्थिक परिवेश०३ साउन काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता, ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाे छ । शनिबार न्यूयोर्कमा सम्पन्न दिगो विकास लक्ष्य स्थानीय करण साझेदारी मञ्च २०२५ को वार्षिक बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले सो कुरा बताउनु भएकाे हाे । शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबी निवारण जस्ता विषयहरू एक आपसमा जोडिने हुँदा एकीकृत र समन्वित स्थानीय प्रयासबाट मात्रै दिगो र दीर्घकालीन परिवर्तन सम्भव हुने उहाँले बताउनु भयाे । उपाध्यक्ष अधिकारीले नेपाल सङ्घीय संरचनाअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको जानकारी गराउँदै स्थानीय सरकारहरू नै नागरिकसँग सबैभन्दा…
नेपालमा जर्मनीको लगानीका लागि समकक्षीलाइ परराष्ट्रमन्त्रीकाे आग्रह
आर्थिक परिवेश२४ असार,काठमाडाै । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा जोहान डेविड वेडफुलबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारहरूमध्ये एक रहेको तथा आर्थिक, सामाजिक लगायतका क्षेत्रमा नेपालले जर्मनीको सहयोग प्राप्त गर्दै आएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो । मन्त्री डा राणाले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवर्धन गर्न सामूहिक प्रयास एवं दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा…
नेपाल–यूके टेक फोरम लन्डनमा सम्पन्न, बेलायती लगानीकर्ताकाे नेपालमा लगानीकाे चासाे
आर्थिक परिवेश२१ असार,लण्डन । बेलायत स्थित नेपाली दूतावासले लन्डनमा नेपाल–यूके टेक फोरम नामक सूचना प्रविधि सम्मेलनको आयोजना गरेको छ । नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेक लगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र दीर्घकालीन सहकार्यको खोजी गर्न नेपाल–यूके टेक फोरम आयोजा गरेको लण्डनस्थित नेपाली दुतावासले जनाएको छ । मञ्चलाई सम्बोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको लगानीको वातावरणमा सुधार भएको र प्रविधिमैत्री नीतिहरूका बारेमा जानकारी गराउँदै सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने अनुकुल समय भएको धारणा राख्नु भयो । नेपालको डिजिटल पूर्वाधार विकास, अनलाइन प्रणालीको प्रवद्र्धन र विश्वव्यापी प्रतिस्पर्धा गर्न…
वासिङ्टन र बेइजिङबिच नयाँ गतिरोध निम्त्याउन सक्ने
आर्थिक परिवेश१९असार ,हनोई। संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘पारस्परिक’ भन्सार शुल्कको सबैभन्दा बढी दण्डलाई रोकेको छ । यद्यपि विश्लेषकहरूले यसले वासिङ्टन र बेइजिङबिच नयाँ गतिरोध निम्त्याउन सक्ने चेतावनी दिएका छन् । दक्षिणपूर्वी एसियाली यो राष्ट्रसँग चीन र मेक्सिकोपछि संयुक्त राज्य अमेरिकासँग तेस्रो सबैभन्दा ठूलो व्यापार बचत छ र अप्रिल २ मा अमेरिकी राष्ट्रपतिको ‘मुक्ति दिवस’ भन्सार शुल्क आक्रमणमा उच्च दरहरूमध्ये एकको साथ लक्षित गरिएको थियो । बुधबार घोषणा गरिएको सम्झौता ट्रम्पले एसियाली राष्ट्रसँग गरेको पहिलो पूर्ण सम्झौता हो । यसले अझै पनि सम्झौताका लागि सङ्घर्ष गरिरहेका अन्य देशसँग वासिङ्टनले प्रयोग गर्ने टेम्प्लेटको झलक दिन सक्ने विश्लेषकहरूले…
अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको प्रधानमन्त्रीबाट अध्यक्षता
आर्थिक परिवेश१७ असार काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ। प्रधानमन्त्री ओलीले बैठकमा अल्पविकसित मुलुकहरूका विकास चुनौती, वित्तीय सहायता, ऋण व्यवस्थापन, र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषयमा जोड दिनुभयो। उहाँले विश्व समुदायलाई न्यायपूर्ण र समावेशी वित्तीय प्रणाली निर्माणमा सहकार्य गर्न आग्रह गर्नुभएको छ। बैठकमा सहभागी देशहरूले दिगो विकासका लागि सहयोग र साझा प्रतिबद्धताको महत्त्व औँल्याएका छन्।