
नीति कार्यक्रम अनुसारकै बजेट आउछ : अर्थमन्त्री
आर्थिक परिवेश०२ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताउनु भयो । मन्त्री पुनले नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता जनाउनु भयो । उहाँले ‘नीति कार्यक्रमले सबैमा उत्साह जगाएको उल्लेख गर्दै नीति कार्यक्रम अनुसारकै बजेट आउने बताउनु भयो । राष्ट्रबैंकका तर्फबाट बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव प्राप्त भएको भन्दै उहाले बजेट र नीति कार्यक्रममा तादात्म्यता मिलाउन दुई निकायबीच सघन…

प्राकृतिक रेशाजन्य तथा मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण बढी
आर्थिक परिवेश२९ बैशाख, काठमाडौँ । काठमाडाैकाे भृकुटीमण्डपमा जारी नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा शनिवार अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले यही वैशाख २६ गतेदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी महाेत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण बढी देखिएकाे छ । प्रदर्शनीमा विभिन्न प्रकारका अचार, मह, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन र यसका प्रकार, माहुरीसम्बन्धी जानकारी, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन उपभोक्ताहरूले निकै मन पराएको…

हुन्डाई मोटर एसेम्बलिङ’ प्लान्ट शुरू, नेपालमा नै गाडि उत्पादन हुने, प्रमबाट उद्घाटन
आर्थिक परिवेश२८ वैशाख,नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ प्लान्ट शुभारम्भ कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन…

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचाेलियाे
आर्थिक परिवेश२६ बैशाख, सिन्धुली । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कान ढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुम टारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कान ढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुम टारदेखि सुनकोशी–७ कान ढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ । लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थु्र गर्न सफल भएको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । खन्न सुरु…

दैलेखमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को काम शुरू
आर्थिक परिवेश२४ बैशाख, दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिकाकाे जलजलेमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को काम आइतवारबाट शुरू भएकाे छ । अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नु भएकाे छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ गर्नुहुँदै उद्याेग मन्त्री भण्डारीले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्नेछ भन्नुभयो । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा…