विराटनगरमा शुरू भयाे विराट एक्स्पो २०२५
आर्थिक परिवेश१२ माघ, विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो–२०२५’ को आज उद्घाटन गर्दै उहाँले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न गम्भीर रहेको उल्लेख गर्नुभयो । मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेलामा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसको सहकार्यमा सरकार गठन भएको र यो सरकार सबै समस्या समाधान गर्न तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ थियो । उपप्रधान पौडेलले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा सुधार देखिएको समेत उल्लेख गर्नुभयो । हाल बैङ्कमा तरलता…
६ महिनामा बीरगंज हुँदै २९ अर्ब २७ करोड ८२ लाख बराबरको निर्यात
आर्थिक परिवेश१२ माघ,काठमाण्डौ । बीरगंजस्थित एकीकृत तथा आइसिपी भन्सार नाका हुँदै चालु आर्थिक बर्ष को ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ २९ अर्ब २७ करोड ८२ लाख ४ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । वीरगंज नाका हुँदै विभिन्न मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंजस्थित आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो । आइसिपी भन्सार नाका हुँदै ६ महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । ६ महिनामा वीरगंज नाकाबाट मात्रै ११ अर्ब ९९ करोड १८ लाख ५२ हजार मूल्य बराबरको भटमासको प्रशोधित…
यशोदा फूड्सकाे ग्लोबल कार्यकारी निर्देशकमा जी.पी. शाह नियुक्त
आर्थिक परिवेश१२ माघ काठमाडौँ । नेपालको खाद्य बजारकै अग्रणाी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रा.लि. ले आफ्नाे नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जी.पी. शाहलाई नियुक्त गरेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बार्षिक टर्नओभर एक सय करोडभन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ । शुक्रबार, काठमाडौँको सोल्टीमोड स्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहको आयोजना गर्दै यशोदा फूड्सले उक्त घोषणा गरेको थियो । समारोहमा…
मेची भन्सारबाट चिया निर्यात ५६ प्रतिशतले बढ्याे
आर्थिक परिवेश०८ माघ, काठमाण्डौ । नेपाली चिया निर्यातकाे पंमुख भन्सार नाका मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयका अनुसार साउन–पुससम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको हो । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८/०८१ को सोही अवधिमा एक अर्ब ९० करोड पाँच लाख छ हजार रुपैया बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढनु सुखद् पक्ष…
धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउनुपर्नेमा जाेड
आर्थिक परिवेश०७ माघ काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउनुपर्ने बताउनु भएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट स्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा उहाँले उक्त कम्पनी सञ्चालनका कार्यहरू छिटोछरितो तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । धौवादी फलाम खानिको उत्खनन, प्रशोधन तथा प्रयोग वर्तमान सरकारको उच्च चासो र प्राथमिकताको विषय भएको भन्दै उहाँले कम्पनी सञ्चालनको काम सरकारी र निजी क्षेत्रको सहकार्यमा द्रुत गतिमा निर्माण गर्नुपर्ने बताउनुभयो । उक्त फलाम उद्योग सञ्चालनको विषय तेस्रो लगानी सम्मेलनका बखत प्राथमिकताका साथ उठेकोमा अहिले यसबारे भइरहेका छलफलहरूले…