माेतीपुरमा औद्योगिक क्षेत्र बनाउने काम अघि बढ्छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश१५ मंसिर बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । रूपन्देही उद्योग सङ्घले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अब तीव्र गतिमा औद्योगीकरणमा जानुपर्ने बताउनुभयो । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै स्थानीयले जोतभोग गरिरहेको र बस्ती रहेको क्षेत्र छाडेर भएपनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताउनुभयो । औद्योगिक क्षेत्रका लागि सरकारले ८ सय १३ बिघा जग्गा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लि.को नाममा ल्याएको थियो । तर वर्षौंदेखि बसोबास गर्दै आएको र जोतभोग गरिरहेको करिब तीन…
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल
आर्थिक परिवेश१५ मंसिर, फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ । उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सिरिजङ्घा –८ याम्फुदिनको राते खोलामा अवस्थित विद्युत्गृहबाट अमरपुर सब–स्टेसनसम्मको…
निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न पहल
आर्थिक परिवेश१४ मंसिर, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न पहल थाल्नुभएको छ । उहाँले सो कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न वर्गको शेयर सुनिश्चित गर्न छलफल सुरु गर्नुभएको हो । “स्रोत साधनमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुन सक्दैन,” मन्त्री खड्काले भन्नुभयो । उहाँले जलविद्युत् आयोजनाको शेयर निष्कासन गर्दा गरिब तथा विपन्न वर्गको ग्यारेन्टी राज्यले लिनुपर्ने नीतिलाई सरकारले अगाडि बढाउन खोजेको उल्लेख गर्नुभयो । मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दा पनि घरधुरीको आधारमा शेयरको व्यवस्था…
चिलिमे जलविद्युतका ३ आयोजना निर्माण सम्पन्र १ सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा
आर्थिक परिवेश०८ मंसिर, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा बनेका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीन वटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न…
१२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात
आर्थिक परिवेश०५ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।…