प्रतिष्पर्धि बन्न नेपालले नवीनतम र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्छ : जानकारहरु
आर्थिक परिवेश०३ मंसिर,काठमाडौ । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति भए पछि नेपालले अन्तराष्ट्रियस्तरमा पाइरहेको व्यापार सुविधा कटौति हुने भएकाले प्रतिष्पर्धि बन्न नवीनतम र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने त्यस क्षेत्रका जानकारहरुले बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको एफएनसिसिआइ इनोभेसन डायलगमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साना, मझौला, र लघु उद्यममा पर्ने प्रभाव कम गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने वताउनुभयो । अध्यक्ष ढकालले अन्तराष्ट्रियस्तरमा बढने चुनौति सामना गर्न नवप्रवर्तनमा लगानी बढाउनु पर्नेमा जोड दिनु भयो । ढकालले नेपाली उत्पादनहरू बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सामना गरिरहेकोले उच्च गुणस्तरका सामान उत्पादन गरी बजारको माग पूरा गर्न व्यवसायीहरूले ध्यान…
नेपालमा उत्पादित ४० मेघावाट बिजुली बङ्गलादेशतर्फ निर्यात सुरु
आर्थिक परिवेश३० कार्तिक काठमाडौँ । नेपालमा उत्पादित बिजुली शुक्रबारबाट बङ्गलादेशतर्फ निर्यात सुरु भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्विच अन गरी विद्युत् निर्यातको शुभारम्भ गर्नुभयो । नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबिचको…
१५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काटिने छ : कुलमान
आर्थिक परिवेश२८ कार्तिक काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिनु भएकाे छ। बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन अायाेजना गरेर घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पार्नु भएकाे हाे । कार्यकारी निर्देशक घिसिंङले सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’ पत्रकार सम्मेलनले उहाँले आफूले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै देशको कानुन अनुसार संस्थाको…
लाइन काटिएका उद्योगमा बिजुली जोड्ने प्राधिकरणकाे निर्णय
आर्थिक परिवेश२७ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) ले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्दै काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवम् ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो । “१५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता असुलउपर गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको छ,” मन्त्री खड्काले भन्नुभयो । उहाँले प्राधिकरणले विद्युत् प्रयोग गरेबापत…
देशमा दक्ष जनशक्तिको अभाव सिर्जना भएको छ : उद्योगमन्त्री भण्डारी
आर्थिक परिवेश२६ कार्तिक काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालबाट बर्सेनि हजारौँ युवा रोजगारी र शिक्षाको खोजीमा विदेशिने क्रम बढ्दो हुँदा देशमा दक्ष जनशक्तिको अभाव सिर्जना भएको बताउनुभएको छ । पीयूएम नेदरल्याण्ड्सको बिदाइ तथा व्यापार वृद्धि विकल्प (वृद्धि)को स्वागतमा आज आयोजित कार्यक्रममा उहाँले व्यावसायिक वातावरण सुधारका लागि नीतिगत सहजीकरण, उद्यमशीलता विकासका कार्यक्रममा समन्वय, स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्धनको आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभयो । सन् २००१ देखि नेपालमा आफ्नो सेवा सुरु गरेको पीयुएमले एक हजारभन्दा बढी साना तथा मझौला उद्यमी, कृषक, शैक्षिक संस्था र व्यावसायिक संस्थालाई सहयोग पुर्याएको बताउनु भयाे । उहाँले फूल खेती, डेरी उद्योग,…