
राष्ट्रिय गौरवका आयोजनाहरू दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश१२ पुष, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गत मङ्गलवार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरश लागू गरिने बताउनुभएको छ। आज बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अब कामका आधारमा मूल्याङ्कन हुने बताउनुभयो । छलफलपछि प्रधानमन्त्रीले भन्नुभयो, “म अलि उदार भएँ। मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु। पहिला तपाईँहरूले यो कुरा आत्मसात गर्नुहोला। मैले अस्ति सम्बोधनमा जे कुरा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला। नियमित अपडेट हुनुहोला। आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौँ। अरू काम पनि क्रमशः अगाडि बढ्छन्। सम्बोधन अक्षरशः पालना…

अब सरकारको कार्यशैली बदलिन्छ, आवश्यक परे संकटकाल घाेषणा गरेरै पूवार्धार बनाइन्छ प्रधानमन्त्री
आर्थिक परिवेश१० पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने बताउनुभएको छ । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कार्यतालिका र समय तालिका नै बनाएर सबै सरोकारवालालाई एक ठाउँमा राखेर समग्र पूर्वाधार विकासका कानुनी, नीतिगत र प्रक्रियागत जटिलता दीर्घकालीन रुपमा हल गरिने बताउनुभयो । पूर्वाधार विकासमा जताततै समस्या देखिएको सन्दर्भमा प्रधानमन्त्रीले भन्नुभयो, “आयोजनाअन्तर्गत रूख कटानीको प्रक्रिया अत्यन्त जटिल छ । वनको भोगाधिकार र जग्गा प्राप्तिमा त्यस्तै जटिलता छन् । नागरिकको जग्गा प्राप्तिमा पनि थुप्रै समस्या छन् । अब म एक एक वटा कामलाई बेग्लाबेग्लै डालोमा राख्ने अनि समस्याको जरो छाडेर…

हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जबाफदेही बनाउन दृढसङ्कल्पित छु प्रधानमन्त्री
आर्थिक परिवेश१० पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति, विपद् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धन लगायत क्षेत्रमा भएका मुख्य प्रगति सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रयास गर्दागर्दै हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जबाफदेही बनाउन आफू दृढ सङ्कल्पित रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले गर्नुभएको सम्बोधनको पूर्णपाठः आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष…

कृषिकाे विकासका लागि सरकारले कृषि क्षेत्रमा लगानी दशक घाेषणा गर्ने
आर्थिक परिवेश१० पुष, काठमाडौं । कृषिकाे विकासका लागि सरकारले वि.स. २०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशककाे रूपमा घोषणा गर्ने भएको छ । वर्तमान सकारको १ वर्ष पुगेको अवसारमा प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले मंगलवार राष्ट्रका नाममा सम्बोधन गर्दै आागमी याेजना मार्फत कृषिमा लगानी दशक घोषणण गर्ने तयारी भएको बताउनु भयाे । ‘खाद्यान्न प्रणाली र कृषि क्षेत्रको रुपान्तरणका लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१–९१ घोषणा गर्ने सरकारको तयारी छ,’ प्रधानमन्त्रीले भन्रु भयाे । , ‘कृषिमा राज्यको लगानी घटेको छैन तर, उत्पादकत्व बढेको पनि छैन । यसमा सुधार गर्न जरुरी छ प्रधानमन्त्रीकाे भनाइ…

सुनकोशी मरिण डाइभर्सन आयोजनाकाे काम तिब्र गतिमा १३ मध्ये करिव ११ किमि सुरूड. सकियाे
आर्थिक परिवेश१० पुष, काठमाडौँ । मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला राष्ट्रिय गौरवको आयोजनाकाे रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाले भने छाेटाे समयमा उल्लेखनीय प्रगति गरेको छ । वर्तमान सरकारले सो आयोजनालाई विशेष महत्त्व दिएको र निमार्ण कार्यलाइ सहजीकरणा गर्नुका साथै निरन्तर अनुगमन गरेका कारणा अायाेजना निर्माणकाे कामले तिब्रता पाएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हरेक सात दिनमा आयोजनाको प्रगति विवरण लिने गर्नुभएको छ । कुनै समस्या देखिएको खण्डमा तत्कालै समाधान गर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाइएको छ । आयोजना प्रमुख मित्र बरालले २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३…