काठमाडाैमा शुरू भयाे हिमालयन इन्टरनेशनल एक्स्पो
आर्थिक परिवेश

१७ असाेज , काठमाडौँ । चाड पर्वलाइ लक्षित गरेर नेपाली हस्तकलाका सामग्रीको बजार प्रवद्र्धन गर्ने उद्देश्यले  काठमाडाैकाे भृकुटीमण्डपमा आजदेखि  हिमालयन इन्टरनेशनल एक्स्पोको  अायाेजना गरिएकाे छ । ‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नाराका साथ हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नु भयाे । उद्घाटन समाराेहलार्इ  सम्वाेधन गर्दै उदध्याेग मन्त्री भण्डारीले  कृषकले उत्पादन गरेका वस्तुहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनु भयाे । उद्घाटन समारोहमा  उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद…

पेट्रोलियम पर्दाथको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत सम्पन्न
आर्थिक परिवेश

०६,असाेज  दैलेख । दैलेखमा रहेको पेट्रोलियम पर्दाथको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत सम्पन्न भएको छ । चार महिना भित्र ड्रिलिङको काम सक्ने गरी २०८१ जेठदेखि काम सुरु गरिएको भएपनि कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जानकारी दिएको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हाल सम्म २ हजार दुई सय मिटर ड्रिलिङ भइसकेको बताउनुभयो । चार महिना भित्र काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएको भएपनि जमिनमुनी कडा चट्टानले गर्दा ड्रिलिङको काम मङ्सिर मसान्तसम्म सकिने भूगर्भविद् लुइँटेलले बताउनुभयो । अहिले विज्ञहरूले २/२ मिटर गहिराइबाट निस्किएका ढुङ्गा र…

चितवनका  इँटा उद्योगहरु सबै बन्द
आर्थिक परिवेश

३० भदाै चितवन । गुणस्तरीय इँटा  उत्पादन गर्दै  आएको चितवनका  इँटा उद्योगहरु सबै बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ वटा इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् । उहाँले भन्नुभयो, “गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ ।” एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उहाँले हजारौँ मजदुरको रोजीरोटी बन्द भएको र करोडौँ रुपैयाँ उद्योगले…

उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीसगँ प्रधानमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

३० भदाै काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले बसोबासका लागि आवश्यक हुने घरजग्गाको कारोबार नियमित रुपमा हुने भए पनि धेरै लगानी गरेर लामो समय खाली हुने ‘अपार्टमेन्ट’हरू सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास…

स्वच्छ ऊर्जा नै अबको भविष्य भएकोले नेपालले स्वच्छ ऊर्जामा जाेड दिनु पर्छ : विज्ञहरु
आर्थिक परिवेश

२८ भदौ,काठमाडौं ।    दिगो भविष्यका लागि स्वच्छ ऊर्जा र सवल पुृर्वाधारको विकल्प नभएको त्यस क्षेत्रका विज्ञहरुले बताएका छन् । नेपाल सरकार र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिन ‘ऊर्जा र जलस्रोत’ विषयक सत्रमा विज्ञहरुले दिगो भविष्यका लागि स्वच्छ ऊर्जामा जोड दिनु  भएकाे हाे । ऊर्जा उद्यमी तथा नेशनल हाइड्रोपावरका अध्यक्ष कुमार पाण्डेले स्वच्छ ऊर्जामा नेपालमा ठूलो सकारात्मक परिवर्तन भएको बताउनुभयो । उहाँका अनुसार १०÷१२ वर्षमा ठूलो मात्रामा निजी क्षेत्रले लगानी गरेका कारण उर्जा क्षेत्रमा सकारात्मक परिवर्तन भएको छ । ‘उत्पादनमा लगानी बढेको छ । यसमा निजी क्षेत्रको ठूलो भूमिका छ,’ उहाँले भन्नुभयो, ‘ऊर्जा विकासमा कानुनी…