कृषि औजारको एशिया प्रशान्त क्षेत्रमा मान्य मापदण्ड हुने
आर्थिक परिवेश

१९ माघ, काठमाडौँ  ।   गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको ११औँ वार्षिक बैठक यहाँ सुरु भएको छ । एशिया प्रशान्त कृषि औजार परीक्षण सञ्जाल (एन्टम)मा यस क्षेत्रका २३ देश सदस्य छन् । २३ सदस्य देशमध्ये बैठकमा १९ देशका ५५ जना प्रतिनिधिको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने बैठकले एशिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानुनी व्यवस्था गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि औजारको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता सामग्री गुणस्तरीय हुन आवश्यक रहेको बताउनुभयो । नेपालमा गुणस्तरीय…

बागलुङका किसानले अलैँची उत्पादन गरी छ करोड भित्र्याए
आर्थिक परिवेश

 १७ माघ,  गलकोट (बागलुङ)।  यस बर्ष बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार त्यहाँका किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा  छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार २५० का दरले अलैँची बिक्री भएको छ । उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक…

बाँसखर्कमा १८ करोड ४५ लाखकाे सुन्तला उत्पादन
आर्थिक परिवेश

१५ माघ, काठमाण्डौ ।  उच्च  गुणस्तरीय सुन्तलाको बगैँचाको रुपमा चिनिएको पर्वत जिल्लाको बाँसखर्कमा यस बर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । समुुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्ये मालगाउँ र घुमाउने तालबाहेकका बस्तीका दुई सय बढी घरपरिवारले सुुन्तलाखेती गरेका छन् । देशका अन्य ठाउँका बगैँचामा सन्तला निख्रिएपछि माघ महिनादेखि बाँसखर्कका बगैँचामा सुन्तला टिप्न शुरु हुन्छ । यही माघ महिनाको पहिलो साता गरिएको सर्वेक्षणअनुसार बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुुन्तलाका बोट रहेका छन् । सर्वेक्षणको…

कृषि विकास बैंकको अठारौ वार्षिक साधरणसभा सम्पन्न
आर्थिक परिवेश

०१ माघ,काठमाडौं ।   कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०८०।८१ अठारौ वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको छ । बृहत कार्य संजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पु¥याउदै आएको बैकले मुलुकको कृषि क्षेत्रको विकासमा योगदान गर्दै आएको छ । नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंक लि.को अठारौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । साधरणसभामा सहभागी शेयरधनीहरुले उठाएका  विभिन्र जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष पुडासैनीले  स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन…

गण्डकी प्रदेशको राजधानी पोखरामा करिब एक अर्बको सुन्तलाको कारोबार
आर्थिक परिवेश

  २८  पुष   पोखरा ।  गण्डकी प्रदेशको राजधानी पोखरामा यस सिजनमा हालसम्म सुन्तलाको करिब एक अर्बको मूल्य बराबरको कारोबार भएको छ । असोजको अन्तिम साता देखि पुसको २६ गतेसम्म आउँदा यस क्षेत्रमा करिब एक अर्ब मूल्य बराबरको सुन्तलाको आर्थिक कारोबार भएको व्यवसायीहरूले बताउनु भएको छ । गण्डकी प्रदेशको मनाङ, मुस्ताङ र नवलपुर बाहेक अन्य ८ जिल्लाबाट पोखरा भित्रिएको सुन्तलाको उक्त मूल्य बराबरको आर्थिक कारोबार भएको व्यवसायीको दाबी छ । पोखराको एउटा एउटा ठुलो फलफूल थोक बजारमा हिजोआज दैनिक जसो ३५ मेट्रिकटन सुन्तला भित्रिने गरेको छ । पर्यटनको राजधानी पोखरामा दैनिकजसो ३० देखि ३५ मेट्रिकटन सुन्तला भित्रिने गरेको शान्ति वन वाटिका…