जुनारखेतीकाे विस्तारमा केन्द्र सरकार र प्रदेश सरकारले ध्यान दिने
आर्थिक परिवेश१८ मङ्सिर,काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले सुनौला जुनार र सुन्तलाले पहेँलपुर भएको छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीका रूपमा बढाएपछि त्यस क्षेत्रका बगैँचामा अहिले लटरम्म जुनाररसुन्तला फलेका छन् । परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा दश गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा परेको छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन् । यस वर्ष पनि जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रूपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन यही मङ्सिर…
नेपालबाट ब्रेन ड्रेन हुने क्रम बर्षेनी बढदै ६ जना कृषि वैज्ञानिक फर्केनन
आर्थिक परिवेश१४ मंसिर, काठमाण्डाै । नेपालबाट ब्रेन ड्रेन हुने क्रम बर्षेनी बढदै गएकाे छ । त्रिभुवन विश्व विद्यालयले अधययनका लागि विदेश गएका अाफ्ना प्राध्यापक तथा सह प्राध्यपकहरूलाइ सवदेश फर्केर सेवा सूचारू गर्न वा सहमती अनुसारकाे रकम जरिवाना तिर्न भनेकाे विषय निष्कर्शमा नपुग्दै नेपालकाे कृर्षि क्षेत्रका वित्ज्ञहरू पनि लामाे समयदेखि पलायन भएकाे घटना बाहिरिएकाे छ । नेपालमा कृर्षिकाे क्षेत्रमा बर्षेनी जनशक्ती कम भैरहेकाे अवस्था छ । अध्ययन बिदामा गएका ६ जना कृषि वैज्ञानिकसहितका केही कर्मचारी काममा नफर्केपछि नेपाल कृषि अनुसन्धान परिषद्ले सात दिनभित्र कार्यालयमा उपस्थित हुनको लागि सूचना जारी गरेको छ। सिंहदरबारस्थित नेपाल कृषि अनुसन्धान परिषद्ले आज जारी गरेको सूचनाअनुसार अध्ययन बिदामा…
बारीभरि किवी लटरम्मै पाक्न थाले किसानहरू दङ्ग
आर्थिक परिवेश०६ मसिर गोरखा। बारीभरि लटरम्मै किवी पाक्न थाले पछि उत्तरी गोरखाको धार्चे–२ रुञ्चेतका किसानहरू दङ्ग छन् । किबी बेचेर गतवर्ष राम्रो आम्दानी गरेका यहाँका किसान यसवर्ष पनि त्यो भन्दा धेरै आम्दानी हुने आशामा छन् । “हाम्रो गाउँका १८ जना किसानले व्यवसायिक रूपमा किवीलगाएका छन्”, स्थानीय वीरबहादुर गुरुङ भन्नुहुन्छ, ‘कसैले एक, दुई रोपनीमा लगाएका छन् । कसैले १२, १३ रोपनीमा पनि लगाएका छन् । मैले आठ रोपनीमा लगाएको किवी पोहोर आठ क्वीण्टलै बेचेँ । अहिले पनि त्योभन्दा राम्रो भएको छ ।’ गाउँका किसानले एक क्वीण्टलदेखि १२–१५ क्वीण्टलसम्म किवी उत्पादन गर्ने गरेका उहाँको भनाइ छ । गाउँमै सबैभन्दापहिले किवी खेती सुरु गरेका…
सरकारले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढायाे
आर्थिक परिवेश२५ कात्तिक काठमाडौं । सरकारले राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको छ । पटेल—रमण जेभी, जनकपुर—९ धनुषासग आयोजनाले गरेकाे ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिंदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ । आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै…
महको आयात रोक्न कृषिमन्त्रीसँग मौरी पालक किसानहरूकाे माग
आर्थिक परिवेश२५ कार्तिक, काठमाडौँ । मौरी पालक किसानहरूले महको आयात रोक्न कृषिमन्त्रीसँग माग गरेका छन् । साेमवार सिंहदरबारमा मौरी पालक किसानहरूले कृषि मन्त्रीसंग गरेकाे छलफलमा मह उत्पादक किसानहरूले त्यसताे माग गरेका हुन् । छलफलमा मौरी पालक किसानहरूले भने महको आयात रोकेर नेपाली किसानले उत्पादन गरेको मह बहुराष्ट्रिय कम्पनीहरूले खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने माग समेत गरेका छन् । छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनु भयाे । मन्त्री परियारले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय नगरिने प्रतिबद्धता पनि जनाउनु भयाे । बहुराष्ट्रिय कम्पनीहरूलाई मह आयात गर्न दिने…