
नेपालमा मल तथा गहुँको निर्यात गर्नका लागि रुसले देखायाे रुचि
आर्थिक परिवेश८ वैशाख, काठमाडौं। रुसी उपल्लो सदनको निमन्त्रणामा औपचारिक भ्रमणमा रुस जानु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता सम्पन्न भएको छ । अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनका बिचमा शुक्रबार दिउँसो भेटवार्ता सम्पन्न भएको हो । भेटवार्ताका क्रममा दुई देशकाबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालय बीच निकट अन्तरक्रिया मार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएका छन् । अध्यक्ष तिमिल्सिनाले दुई देशको बिचमा विश्वासको वातावरण बढाउन तथा आपसी सहयोग अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अन्तर–संसदीय सहयोग बढाउँदै नेपालमा…

काेदाे खान र उत्पादन गर्न पूर्वप्रधानमन्त्रीकाे सुझाव
आर्थिक परिवेश८ बैशाख,काठमाडाै । नेकपा एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने दाबी गर्नु भएकाे छ । शुक्रवार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पादन गर्न पनि सुझाव दिनुभयाे । उहाँले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको जसका कारणा अहिले सुगर र प्रेसर हराएको बताउनु भयाे । नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताउनु भयाे । उहाँले भन्नु भयाे, मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ।…

आलु महोत्सव पाँच करोड रुपैया बराबरको कारोबार गर्दै सम्पन्न
आर्थिक परिवेश४ वैशाख, पाेखरा । आलु गाउँको नामले परिचित कास्कीकाे हेमजामा अायाेजित आलु महोत्सव पाँच करोड रुपैया बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औं संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनु भयाे । आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । महाेत्सवका क्ममा पाेखरा महानगरपालिका कृषि तथा…

गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको कम्पनीकाे दावी
आर्थिक परिवेश२९ चैत्र, काठमाडौ । रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षण पछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ । रासायनिक मलको आयातलाई प्रतिस्थापन गरी माटोको उर्वरा शक्तिलाई जोगाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सन्दर्भमा कम्पोष्ट मल उपयुक्त विकल्प हुने प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले दाबी गर्नु भयाे । जापानी प्रविधिमा आधारित उक्त मलको प्रयोगपछि बालीनालीमा कीटनाशक औषधि आवश्यकता नपर्ने भएकाले जनस्वास्थ्य र वातावरणमैत्री रहने उनले उल्लेख गरिन् । खाद्यान्न बाली, फलफूल र तरकारी बालीबाट रासायनिक मलको प्रयोग गरे सरह नै उत्पादनको लाभ लिन सकिने जनाउँदै प्रालिले यसको प्रयोगले अर्बौं…

सहकारीका समस्या समाधानमा सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्नेमा जाेड
आर्थिक परिवेश२८चैत्र,काठमाडौं । सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरोरकारवाला निकायबीच छलफल तथा अन्तकृया कार्यक्रमले तीब्रता पाएको छ । विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावसँगै सहकारी संस्थाहरु पनि समस्यामा पर्न थालेका छन् । व्यापार व्यवसायमा आएको मन्दीका कारण ऋणको साँवा ब्याज असुली प्रभावित भएपछि कतिपय सहकारी संस्थाहरुलाई तरलता व्यवस्थापनमा समस्या परेको छ । संस्थाहरुले सदस्यको बचत फिर्ता गर्न नसकेको गुनासो एकपछि अर्को गर्दै नियामक निकायमा चाङ लाग्न थालेको छ । सहकारीमा समस्या आउनुको कारण र त्यसको समाधानका उपाय पहिल्याउन सुझाव लिने उद्देश्यले राजधानीमा मगलवार एक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)…