भारतबाट नेपालमा केराकाे आयात बढ्दाे २ महिनामा रूपैडियाबाट १० करोड ३१ लाखकाे भित्रियाे
आर्थिक परिवेश

१४ कार्तिक, नेपालगंज । चाडबाड शुरू भए संगै भारतबाट नेपालमा केराकाे आयात अत्यधिक मात्रामा बढेकाे छ । दशै तिहार तथा छठका लागि भनेर नेपालमा भारतीय केरा भित्रिने क्रम बढेकाे विभिन्र भन्सार कार्यालयहरूले जनाएका छन् । यस अघि चालु आर्थिक वर्षको दुइ महिना सम्ममा नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको केरा नेपालमा आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले यहाँबाट…

मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरका च्याङग्रा निकासी
आर्थिक परिवेश

६ कात्तिक, म्याग्दी ।  मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैंका लागि ५ हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट ५ हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड २ लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।’ मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५…

समग्र कृषि अनुसन्धानलाई सबल बनाउन आवश्यक छ : कृषि मन्त्री
आर्थिक परिवेश

 ०३ कातिर्क, नेपालगञ्ज ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुषालले समग्र कृषि अनुसन्धानलाई सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ । बाँकेमा आज कृषि मन्त्रालय अन्तर्गतका संघीय कार्यालय अनुगमन तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नार्क पशु प्रजनन कार्यालय अवलोकनका क्रममा मन्त्री भुषालले कृषि अनुसन्धान निर्देशनालय (नार्क) को पुनर्संरचना आवश्यक रहेको बतउनुभयो । उहाँले प्रदेश कृषि अनुसन्धान तथा समन्वय रणनीति छिट्टै तयार गर्न सबै प्रदेशका निर्देशकलाई निर्देशन दिनुभयो । विकसित प्रविधिलाई किसानसम्म प्रसार गर्न व्यापक अभियान चलाउनुपर्ने मन्त्री भुषालको भनाई छ । उहाँले बजेट र कर्मचारीको सीमितताका बाबजुद कृषि अनुसन्धानले गरेको उपलब्धि उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।

देशमा धानकाे अभाव पुरा गर्न ‘चैते धान अभियान’ चलाउनु पर्छ : कृषि विकासमन्त्री
आर्थिक परिवेश

२६ असाेज, काठमाडौँ ।  कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताउनुभएको छ । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आयोजना गरेको ४३ औँ विश्व खाद्य दिवसमा उहाँले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताउनुभयो । “भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । छ लाख मेट्रिक टन धान उत्पादन गरौँ”, मन्त्री भुसालले भन्नुभयो, “सिँचाइ, आवश्यक कृषि औजार र मलको समस्या समाधान गरियो भने खाद्यमा समस्या हुँदैन । रासायनिक मलको कटौती गरेर प्राङ्गारिक तथा जैविक…

नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनकाे सहमती
आर्थिक परिवेश

१० असाेज,काठमाडाै ।  नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ। लगानी बोर्डको कार्यालयमा आज एक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले हस्ताक्षर गरे। रि–निकोला मलेसियाको कम्पनी हो। लगानीको बोर्डको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको जनाएको हो। सम्झौताअनुसार रि–निकोला ले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ। तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव…