
नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने
आर्थिक परिवेश३१ जेठ,काठमाण्डौ । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ । सम्मेलन २–५ असारसम्म काठमाडौं नयाँ बजारमा हुने भएको हो । नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन तथा प्रदर्शनीको आयोजना गर्न लागिएको हो । नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्थामा यस क्षेत्रको समग्र…

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाण्डौमा सम्पन्न
आर्थिक परिवेश३० जेठ , काठमाण्डौं । “स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन“ मूल नाराका साथ आयोजना गरिएको नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार धरान,फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा जेठ २९ सोमबारदेखि सुरु भएको थियो । नवौं खाद्य विज्ञान तथा प्रविधि सम्मेलन तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष अतुल उपाध्यायले नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिवद्धता प्राप्त गर्न…

थोरै सहकारीकाे बदमासीले राम्रा सहकारीहरु पनि समस्या
आर्थिक परिवेश२४ जेठ काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले सम्पूर्णसहकारीलाई शंकाको दृष्टिले हेरिएको बताउनु भएको छ । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीहरु समस्यामा परेको सचिव रेग्मीले बताउनु भयो । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गर्नु भयो । बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मीले गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिनु पर्नेमा जोड दिनु भयो…

नेपालबाट वार्षिक तीन अर्ब ४३ करोडको चिया निर्यात आयात ४० प्रतिशतभन्दा बढीले घट्याे
आर्थिक परिवेश१४ वैशाख,काठमाडाै । नेपालमा चियाको खपत र उपभोग बढ्दै जाँदा यहाँका विभिन्न २० जिल्लामा हाल व्यवसायिकरुपमा चिया खेती विस्तार भएको छ । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ । हाल १५ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन् । नेपालले अधिकांश उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी भारतलगायत तेस्रो मुलुकमा समेत नेपाली चिया निर्यात भइरहेको छ । वार्षिक करिब चार अर्ब मूल्य बराबरको चिया…

नेपालमा चौथो अन्तराष्ट्रिय चिया महोत्सव शुरु बायरहरुलाई चिया बारी घुमाउने तयारी
आर्थिक परिवेश१४ वैशाख, काठमाडौं । नेपालमा उत्पादित चियाको अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्ने र चियाको गुणस्तरीय उत्पादनमा जोड दिने उद्देश्यले नेपालमा चौथो अन्तराष्ट्रिय चिया महोत्सव शुरु बिहिवारदेखि शुरु भएको छ । कृषि तथा पशपंक्षि विकास मन्त्री डा.बेदुराम भुषालले काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमका बीच चौथो नेपाल अन्तराष्ट्रिय चिया महोत्सवको शुभारम्भ गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशपंक्षी विकास मन्त्री डा. भुषालले नेपाली चियोको विकास र प्रर्वद्धनका लागि महोत्सवले महत्वपूर्ण सहयोग गर्ने बताउनु भयो । उहाँले सरकारले नेपाली चियाको क्षेत्र विकास तथा प्रर्वद्धन र गुणस्तरीय उत्पादनमा जोड दिएको र यस क्षेत्रमा लगानी प्रर्वद्धन गर्न आवश्यक सहयोग गरिरहेको बताउनु भयो । ३…