गत वर्ष नेपालमा फूलको आयात घट्याे निर्यात वृद्धि
आर्थिक परिवेश२७ साउन, काठमाण्डौ । गत आर्थिक वर्षमा नेपालमा हुने फूलको आयातमा कमी भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखको मात्र आयात भएको फ्लोरिकल्चर एसोसिएसन जनाएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा फुलको १५ करोडले आयातमा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा फूलकाे निर्यात भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड दुई लाख बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गत आर्थिक वर्षमा दुई करोड १३ लाखको…
रासायनिक मलको आपूर्ति व्यवस्था र उत्पादन वृद्धिबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
आर्थिक परिवेश२७ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्ने ठोस योजना ल्याउन सम्वद्ध पदाधिकारीहरुलाइ निर्देशन दिनुभएको छ । सिंहदरबारमा मंगलवार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्तिको व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिनुभएको हाे । त्यसैगरी कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्बरता बचाउने खालको रासयनिक मल कारखाना…
आइतबार सम्ममा ७८.८४ प्रतिशत भूभागमा धान रोपियाे
आर्थिक परिवेश१२ साउन,काठमाडौँ । देशभर आइतबार सम्ममा ७८.८४ प्रतिशत भूभागमा मात्र धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस अवधीमा कोशी प्रदेशमा ८०.३९ प्रतिशत र मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ भने कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत…
कर्म गुरुङकाे उदाहरणीय कृषि कर्म
आर्थिक परिवेश११ साउन मुस्ताङ। मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ । गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपर्नुभएको छ । झन्डै छ दशकअघि गुरुङको परिवारले मुस्ताङको ढुम्बा गाउँमा चिम्ले स्याउ फार्म सुरुआत गरेको थियो । त्यसबेला उहाँको परिवार, आफन्त र इष्टमित्रलगायतले सगोलमा सामूहिक स्याउखेती सुरु गरेका थिए । उहाँ १३ वर्षको हुँदा बुबा बित्नुभयो । त्यसपछि बुबाको कृषिकर्मको जिम्मेवारी उहाँको काँधमा थपियो । गुरुङका बुबा बितेपछि चिम्ले कृषि फार्मका दश दाजुभाइ/दिदीबहिनी सदस्य छिन्नभिन्न…
काँकडभित्ताबाट चिया निर्यात ३२.५० प्रतिशतले बढ्याे
आर्थिक परिवेश११ साउन भद्रपुर (झापा)। मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा चार अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिनुभयो । आव २०८०/८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कानुसार आव २०८१/८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । क्त एक वर्षको अवधिमा रु सात…