कृषि विकास रणनीतिलाई समय अनुकूल परिमार्जन गर्न छलफल
आर्थिक परिवेश

 ०६ मंसिर,  काठमाडौँ ।   कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनु भएको छ । कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि आज काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मुलुक सङ्घीयतामा जानू अघि लागु गरिएको रणनीतिलाई सङ्घीयता अनुकूल परिमार्जन गरिनुपर्छ भन्नुभयो । जीविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको  रणनीति परिमार्जन आवश्यक रहेकोमा  मन्त्री अधिकारीले जोड दिनुभयो । मन्त्री अधिकारीले सङ्घीयता लागू भइसकेपछि कृषिको  प्राविधिक क्षमतामा विकास हुनुपर्ने  अपेक्षा थियो तर किसानले  आवश्यकतामा  समयमै कृषि प्राविधिक पाउन  सकिरहेका छैनन्– भन्नुभयो । कृषि क्षेत्रमा…

कफी उत्पादक संस्था किसान र उद्यमी काठमाडौँमा जुट्दै
आर्थिक परिवेश

 ०४ म‍सिर  काठमाडौँ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो । कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिनुभयो । कफी उत्पादक संस्था तथा किसान र उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ…

  अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै
आर्थिक परिवेश

१९ कार्तिक,काठमाडौँ ।   पछिल्लाे समय  अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८/०७९मा ७२ मेट उत्पादन गरी नौ करोड ६० लाख रूपैयाको  मात्र निर्यात गरिएको थियो । बोर्डले आव २०८०/०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ । आव २०७८/०७९मा देशभर ४५० मेट कफीको आयात गरी  ३२ करोड खर्च गरिएकामा आव २०७९/०८० मा  १० करोड रूपैयाको मात्र आयात गरिएको थियो । यो करिब २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिनुभयो । उहाँले…

धानबालिमा पुगेकाे क्षतिले  यस वर्ष धान उत्पादन कम हुने अनुमान
आर्थिक परिवेश

१९ कार्तिक , काठमाडौँ । करिव धान थन्काउने बेलामा भएकाे बर्षा र बाढी पिहराेकाे कारण धानबालिमा पुगेकाे क्षतिले  यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ ।…

व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाख आम्दानी
आर्थिक परिवेश

१८ कार्तिक, कुश्मा ।    पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाख आम्दानी गर्न थाल्नुभएको छ । कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिनुभएका उहाँ सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित हुनुभएको हो । घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाउनुभएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा पर्नुभएको थियो । सुन्तलामा भविष्य नदेखेपछि उहाँ मौरीपालनतर्फ आकर्षित हुनुभएको हो । विगत २४ वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका तिमिल्सिनाले वार्षिक ३५ लाखसम्म आम्दानी हुने जनाउँदै अहिले एक सयभन्दा बढी मौरीका घार रहेका बताउनुभयो । विसं…