मल वितरणकाे कोटा प्रणाली हटाउन सांसदहरुकाे माग
आर्थिक परिवेश२२ असार, काठमाण्डौ । सांसदहरुले रसायनिक मल तिरणका लागि लागू गरिएको कोटा प्रणाली हटाउन माग गर्नु भएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिको आइतवारको बैठकमा सांसदहरुले किसानहरुलाई रसायनिक मल कोटा सिस्टमबाट व्यवस्था गरिदा चाहिने ठाउँमा मल अपुग भएको र नचाहिने ठाउँमा बढी पुग्ने गरेकाले कोटा सिस्टम हटाउन माग गर्नुभयो । किसानहरुले समयमा मल नपाउँदा कृषि उत्पादनमा ह्रास आउने भन्दै सांसदहरुले सरकारले किसानलाई जसरी भए पनि मल उपलव्ध गराउनुपर्नेमा जोड दिनुभयो । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुले समयमा रसायनिक मल नपाउने पुरानो समस्या यस वर्ष पनि कायम रहेको जानकारी दिनु…
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह
आर्थिक परिवेश१७ असार काठमाण्डाै । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४ औँ महासभा अन्तर्गत मगलवार आयोजित कृषि तथा खाद्य प्रणाली सम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्व बजारबाट लाभ लिन आग्रह गर्नुभयो । मन्त्री डा राणाले भन्नुभयो “कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीति बमोजिम ठूला निजी कम्पनीहरूले कृषिमा लगानी गर्न थालेका पनि छन् । तर पनि ठूलो लगानी तथा कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावनाका बाबजुत पनि नेपालले बृहत…
चिया निर्यात ४० प्रतिशतले बढयाे, अलैंचि भने घट्याे
आर्थिक परिवेश०९ असार, भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ)सम्ममा रु तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ । चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/८२ को जेठ मसान्तसम्म अलैँची निर्यात तीन दशमलव ८० प्रतिशतले…
किसानहरूलाई हिउँदे धान थन्क्याउन चटाराे
आर्थिक परिवेश०८ असार, डुम्रे (तनहुँ)। जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार जिल्लाका नौ हजार ४६४ हेक्टरमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टरमा चैते धानखेती हुँदै आएको छ । मनसुन सुरु भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन् ।…
उखु किसानलाई एक अर्ब ६० करोड अनुदान दिन माग
आर्थिक परिवेश०१ असार काठमाडौँ । नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु उत्पादक किसानलाई रु एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घले उखु उत्पादक किसानलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षको अनुदान करिब एक अर्ब ६० करोड किसानलाई यथाशीघ्र भुक्तानी गर्नुपर्ने माग गरेका हुन् । उनीहरु दुग्ध उत्पादक किसानहरुको वक्यौता रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने, धान र मकैका लागि अति आवश्यक रहेको रासायनिक मलको पर्याप्त उपलब्धताको सुनिश्चितता गर्नुपर्ने समेत माग गरेका हुन् । “राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिले, विसं २०७९ साउन १६ गते अर्थमन्त्रालय र उद्योग तथा…