कुल गार्हस्थ उत्पादन वृद्धिदर ३.८५ प्रतिशत हुने
आर्थिक परिवेश

०६ जेठ, काठमाण्डौ ।   चालु आव राष्ट्रिय कुल गार्हस्थ उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांक अनुमान अनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसतभन्दा राम्रो हुने देखिएको छ । चालु आवमा बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५.४० प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ । गण्डकीको ५.०१ प्रतिशत हुनेछ । अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेसको हुने कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनु भयो । यस आर्थिक बर्षमा मधेसको १.३१ प्रतिशत कोशीको ३.१३, लुम्बिनीको २.८७, कर्णाली २.९४ र…

इथानोल उत्पादन र आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकसँग आवेदन आह्वान
आर्थिक परिवेश

६ जेठ, काठमाडौं ।    सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री वितरण गर्नका लागि आवश्यक  तयारी अघि बढाएकाे  छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको सूचना उल्लेख गर्दै सरकारको नीति अनुसार स्वदेशमै उत्पादित इथानोल खरिद गर्न लागेको जानकारी दिएको हो । यसका लागि निगमले खेर जाने कृषि तथा अन्य जैविक पदार्थ प्रयोग गरी इथानोल उत्पादन र आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकलाई आवेदन दिन आह्वान गरेको छ । निगमले इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थको विस्तृत सूची नै सार्वजनिक गरेको छ । यस अन्तर्गत चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस) र नेपियर घाँसदेखि लिएर पराल, मकैको ढोड…

विश्व सूचना समाज दिवस विविध कार्यक्रम गरी मनाइँदै
आर्थिक परिवेश

३ जेठ, काठमाडौँ ।   आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ । ‘डिजिटल विभाजन’ भन्नाले सूचना तथा सञ्चार प्रविधि (इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदि) मा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई जनाउँछ । विशेषगरी इन्टरनेट सेवा, प्रविधिको प्रयोग गर्ने सीप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरको उपलब्धता र अनुलब्धता हो । शहरबजारका मानिसले सहज रूपमा…

खानीलाई आर्थिक वृद्धिको आधारको रूपमा विकास गर्ने
आर्थिक परिवेश

२८ वैशाख, काठमाडौं ।    सरकारले मुलुककाे खनिज तथा खानी क्षेत्रलाई आर्थिक वृद्धिको आधारको रूपमा विकास गर्न नीतिगत अघि सारेकाे छ । खनिज तथा खानी क्षेत्रलाई आर्थिक वृद्धिको आधारको रूपमा विकास गर्न नीतिगत, कानुनी र संस्थागत सुधार गरिने गरी अागामी अार्थिक बर्षकाे नीति तथा कार्यकममा त्यताे नीति सरकारले  अघि बढाउने उल्लेख गरिएकाे छ । ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दिगो उपयोग, पारदर्शी आपूर्ति र नियमन गरी अवैध उत्खनन तथा अनियमितता नियन्त्रण गरिनेछ । औद्योगिक नीति, २०६७ परिमार्जन गरी नयाँ “राष्ट्रिय औद्योगिक नीति” तर्जुमा गरिनेछ । स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त, प्रविधि, बजार र क्षमता विकासमा एकीकृत पहुँच…

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य
आर्थिक परिवेश

२८ वैशाख, काठमाडौं ।    सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा  त्यस  विषयलाई समेटिएको छ । संसदकाे स‌युक्त बैठकमा  सरकारकाे अागामी अार्थिक बर्षकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन तथा वातावरण सम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिने बताउनु भयाे  । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गरिने पनि उहाँले बताउनु भयाे  । विद्युत् उत्पादन, प्रशारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने नीति तथा…