नेपालमा लगानी गर्न भारतीय लगानीकर्ता र उद्योगीलाई अर्थमन्त्रीकाे आह्वान
आर्थिक परिवेश०३ असाेज,नयाँ दिल्ली भारत । भारत भ्रमणमा रहनु भएकाअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताउनुभयो । नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा भारतीय व्यवसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यो कार्यक्रम मन्त्री वाग्लेको तीन दिने नयाँ दिल्लीको औपचारिक भ्रमणको एक महत्वपूर्ण भाग थियो। समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा उदीयमान लगानीका अवसरहरूमाथि…
वर्डक्याम्प सूचना प्रविधि सम्मेलन काठमाडौँमा जारी
आर्थिक परिवेश०२ असोज,काठमाण्डौ । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन‘वर्डक्याम्प काठमाडौँ २०२६’ शुक्रवारदेखि काठमाण्डौमा शुरु भएको छ । वर्डप्रेस काठमाडौँको आयोजनामा शुरु भएको दुईदिने सम्मेलनमा सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार,सूचना प्रविधिको प्रयोग गर्नेसम्मका विविध विषयमा विज्ञहरुबाट तालिम प्रदान गरिने भएको छ । सम्मेलनमा नेपाल भारत,अमेरिका,बंगलादेश,फिलिपिन्स तथा युरोपका विभिन्न मुलुकका सहित ४ सय जना विद्यार्थी, आइटि विज्ञ, आएटि व्यवसायीहरु र यस क्षेत्रका जिज्ञासुहरुको सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’ अन्र्तगत सहभागीहरूले विश्वभरका ४३ प्रतिशतभन्दा बढी वेबसाइट सञ्चालन गरिरहेको खुला स्रोत सफ्टवेयर वर्डप्रेसमा प्रत्यक्ष योगदान पु¥याउने मौका पाउनेछन् । सम्मेलनमार्फत कोर कोडिङ, नेपाली अनुवाद, दस्ताबेजीकरण, थिम…
भग्नावशेष हटाउनका लागि मात्रै करिव १ खर्ब लाग्ने अनुमान
आर्थिक परिवेश२६ भदाै, काठमाडौँ। भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनःस्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ । प्रतिवेदनमा ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद् जोखिम न्यूनीकरण र समावेशी पुनःस्थापनाका लागि उक्त रकम खर्च हुने आकलन छ । बाढीका कारण ४८ अर्ब २४ करोडबराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ । त्यसमा करिब दुई अर्बको माटोको थुप्रो छ ।…
सूचना प्रविधिकाे क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण
आर्थिक परिवेश२६ भदाै, काठमाडौँं। पछिल्लो समय नेपालकाे सूचना प्रविधिकाे क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएका एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन् । प्रतिबद्धता आएका लगानी क्षेत्रहरूमध्ये उत्पादन ६३, ऊर्जा चार, कृषि १८, पर्यटन २२७, सेवामूलक ७१, पूर्वाधारका दुई छन् । उद्योग विभागका अनुसार लगानीकर्ताले रु ५८ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न ८४२ परियोजनाका लागि करिब ६४ अर्बको प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार लगानीकर्ताले आफ्नो चासोको क्षेत्र नै खोज्छन् । केही परियोजना ठूलो लगानीको हुने भएकाले…
बाढीले रसुवामा ४१ किलोमिटर सडक ६ पक्की पुल र ८ वटा बेलिब्रिज बगायाे
आर्थिक परिवेश२० भदौ, काठमाण्डौ । भोटेकोशी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुरयाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले यही भदौ १० गतेको बाढीले पुरयाएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको जानकारी दिनु भयो । बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली…