वैदेशिक अध्ययनका लागि ६ महिनामा नेपालबाट ५६ अर्ब ८३ करोड बाहिरियाे
आर्थिक परिवेश

 २१ माघ, काठमाडौँ ।     वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै  ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ । अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि  ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय  ९२ अर्ब ८७ करोड बराबर थियो…

२ हजार मेगावाट विद्युत कार्बन व्यापारका लागि योग्य हुने
आर्थिक परिवेश

 १९ माघ, काठमाडाैं ।     स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट विद्युतको अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा प्रमाणपत्र (आईरिक्स) लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन कुमार कंडासामीले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच समझदारीपत्र आदानप्रदान गरेका छन्। इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको २७ सय मेगावाट विद्युतमध्ये पहिलो चरणमा २ हजार मेगावाट विद्युत कार्बन व्यापारका लागि योग्य हुनेछ। यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले वर्षेनी करिब १ अर्ब रुपैयाँ बराबरको कार्बन व्यापार गर्न सक्ने इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनु भयाे । प्रोक्लाइमका सीइओ कंडासामीले…

मर्स्याङ्दी जलविद्युत् आयोजनाकाे लगानी जुट्याे
आर्थिक परिवेश

१८ माघ, काठमाडौं ।  ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलासययुक्त जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । तीन जिल्ला गोरखा, लमजुङ र तनहुँ भएर बग्ने यस आयोजनामा कुमारी बैंकको अगुवाइमा १० अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्ने गरी वित्तीय व्यवस्थापन टुंगो लागेको हो । लगानी सम्झौतामा शुक्रबार सम्झौता भएको छ । सम्झौतामा एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकबीच ऋण सम्झौता भएको छ । कम्पनीका अनुसार निर्माण अवधिको ब्याजसहित यस आयोजनामा २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५…

उद्योग स्थापना गर्न एकद्वार प्रणाली लागू गर्नुपर्नेमा उद्योगी व्यवसायीकाे जाेड
आर्थिक परिवेश

१६ माघ काठमाडौँ ।    उद्योगी–व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाइ कानुनी जटिलता हटाएर एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा आजदेखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको दोस्रो समूहगत छलफलका वक्ताहरूले सरकारले लगानीका लागि कानुनी जटिलता हटाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।” नेपाल महिला उद्यमी महासङ्घका अध्यक्ष…

यूएसएआइडीको अनुदान अन्तर्गतका परियोजनाको काम नगर्नु : अर्थ मन्त्रालय
आर्थिक परिवेश

१४ माघ, काठमाण्डौ ।   अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिनुभयो । ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन् ।