इन्धनको  मूल्य घटेसँगै सरकारले यातायातको भाडा २ प्रतिशतले घटायाे
आर्थिक परिवेश

१८ असार, काठमाण्डाै ।   इन्धनको  मूल्य घटेसँगै सरकारले पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको छ । साविकको तुलनामा २ प्रतिशत भाडादर कटौती गर्ने निर्णय भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सुचना अधिकारी ज्ञानराज लम्सालले अन्तर प्रदेशगत रुपमा सार्वजनिक यातायातको भाडा २ प्रतिशतले कटौती गरिएको बताए । ‘लामो दूरीका सार्वजनिक यातायातमा सरकारले हालको भन्दा २ प्रतिशतले भाडादर घटाएको छ ।’ -उनले मेरोलगानीसँग बताए । इन्धनको मूल्यमा आएको गिरावटका कारण भाडादर घटाएको यातायात व्यवस्था विभागले जनाएको छ। यसअघि २०८३ बैशाख १२ मा इन्धनको अस्वभाविक मूल्यवृद्धि भन्दै सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको थियो । गत बुधबार नेपाल आयल…

नेपालमा पहिलाे पटक विद्युतकाे चालु लाईनमा नै मर्मत कार्यको थालनी
आर्थिक परिवेश

  १४ असार,  काठमाडौँ ।   नेपाल विद्युत प्राधिकरणले चालु लाईनमानै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ ।  प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो । नेपाल विद्युत प्राधिकरण मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्को थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ । ‘उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक आजबाट चालु अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरणकाे प्रयोग गरि मर्मत सम्भार कार्यकाे सुरुवात गरेका हौँ,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले भने, ‘विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले चालु लाईनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी…

गरिखाने वातावरण सिर्जना र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध
आर्थिक परिवेश

 ०३ असार,   काठमाडौँ ।    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा यहाँ आज आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयसम्बन्धी छलफल र संवाद कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले उत्पादन र लगानीमार्फत प्राप्त हुने समृद्धिको मार्गमा सरकार अघि बढिरहेको बताउनुभयो । अर्थमन्त्री डा वाग्लेले सम्पत्ति शुद्धीकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्‍याउने व्यक्तिमाथि मात्र कारबाही गरिने बताउनुभयो । शेयर बजारमा…

सरकारले ओटिटी प्लेटफर्मलाई दर्ता तथा नियमनको दायरामा ल्यायाे
आर्थिक परिवेश

०२ असार,  काठमाडौँ ।     सरकारले ‘ओभर–द–टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो । सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटिटी प्लेटफर्म’हरूले अनुमति लिनुपर्नेछ ।   यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका ‘डिजिटल स्ट्रिमिङ’ सेवा तथा ओटिटी प्लेटफर्महरू पहिलोपटक स्पष्ट कानुनी संरचनाभित्र आउने भएका छन् । डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणालीभन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा…

अध्यक्षमा मोहन डाँगीसहित अन्य पदाधिकारी र सदस्य सर्वसम्मत चयन
आर्थिक परिवेश

३० जेठ, काठमाण्डाै ।   स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा मोहन डाँगीसहित अन्य पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न इप्पानको २४ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । कोषाध्यक्षबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो । इप्पानको विधानमा रहेको व्यवस्था बमोजिम अध्यक्ष पदमा मोहनकुमार डाँगी स्वतः चयन भएका छन । सो पदका अर्का आकांक्षी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिँदै लामालाई समर्थन गरेपछि सहमतिको बाटो खुलेको हो । उपाध्यक्ष पदमा पनि सहमति जुटेको छ । भरतबहादुर खत्री र भरतप्रसाद नेपालले आफ्नो दाबी छाडेपछि उत्तरकुमार…