एमसिए नेपालबाट सबस्टेन र प्रसारण लाइन निर्माण शुरु
आर्थिक परिवेश

१० मंसिर, काठमाण्डौ ।   पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमसिए नेपाल मार्फत निर्माण हुने न्यू बुटवल सबस्टेन र १८ किमी प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गर्नुभएको हो । अर्थमन्त्री खनालले यो सबस्टेन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । एमसिसी र एमसिए नेपालको सहयोगबाट सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दै लगेको अर्थमन्त्रीले बताउनु भयो । अमेरिकी राजदूत थम्प्सनले प्रसारण लाइन तथा सबस्टेसनजस्ता आयोजनाले परिवार तथा व्यवसायमा सहज विद्युत् आपूर्ति विस्तार गर्नुका साथै…

बूढीगण्डकी र अपर अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार ६ खर्ब लाग्ने
आर्थिक परिवेश

९ मंसिर, काठमाडौं ।    सरकारले बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना र अपर अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अनुसार १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्तको लागत ४ खर्ब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । साथै मन्त्रालयले १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा (मोडालिटी) समेत तयार पारेको छ । दुवै जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाकाे लगानी माेडालिटि  धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब…

नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइनमा तीन अर्ब लगानी गर्ने
आर्थिक परिवेश

०५ म‌सिर काठमाडौँ।   नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा रु एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा रु दुई अर्ब बराबरको स्वपुँजी लगानी हुनेछ । इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली चार–चार केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति दुई देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै…

४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत
आर्थिक परिवेश

 ३ मङ्सिर, काठमाडौँ ।  लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत गरेकाे  छ । अनुमानित लागत  ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार बराबरको लगानी गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको ६७ औँ बैठकले सो अर्धजलाशययुक्त जलविद्युत् परियोजना अगाडि बढाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकले गत आर्थिक वर्ष २०८१/८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्ययोजना स्वीकृतसमेत गरेको छ । साथै, तल्लो अरुण जलविद्युत् परियोजना (६६९…

अमेरिकाले एमसीसी परियाेजनामा पाँच करोड अमेरिकी डलर थप गर्ने
आर्थिक परिवेश

०३ म‌‌सिर  काठमाडौँ । अमेरिकाले एमसीसीले नेपालसँग गरेकाे एमसीसी सम्झौतामा पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेकाे छ । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब छ अर्ब रुपैयाँ) बराबर पुगेकाे छ  । जस अनुसार परियाेजनामा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर याेगदान रहने छ । यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउनेजस्ता सो सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्नेछ । ऊर्जा…