भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेशिन सहित तीन वटा कन्टेनर पक्राउ
आर्थिक परिवेश०५ जेठ,सुरुङ्गा झापा । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेसिन (कृषि औजार)सहित तीन वटा कन्टेनर पक्राउ गरेको छ । पक्राउ परेका सामग्रीको मूल्य रु तीन करोड ६१ लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरलाई प्रहरीले गएराति पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले जाँचका क्रममा भन्सार छली गरी…
अमेरिका र चीन कर अस्थायी रूपमा घटाउन सहमत
आर्थिक परिवेश२९ बैशाख,काठमाण्डौ । अमेरिका र चीन एकअर्काका आयातमा लगाइएका कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक कर ११५ प्रतिशत घटाउने बताएका छन्। स्विट्जरल्यान्डमा भन्सार शुल्कबारे अमेरिका र चीनबीच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौता घोषणा गरिएको हो। बेसेन्टले वार्तालाई ‘उत्पादक र रचनात्मक’ भनेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा भारी भन्सार महसुल लगाएपछि दुई देशबीच भएको यो पहिलो बैठक हो। ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनमा १२५ प्रतिशतसम्म कर लगाएको छ। यी भारी शुल्कले वित्तीय बजारमा उथलपुथल निम्त्यायो र विश्वव्यापी मन्दीको डर बढायो। सहमतिसँगै अब चिनियाँ आयातमा…
नौ महिनामा व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११ खर्ब २१ अर्ब ३४ करोड
आर्थिक परिवेश२८ बैशाख, काठमाडौ । चालु आर्थिक बर्षको नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैकले आइतवार जारी गरेको मुलुकको ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले ९ महिनामा नेपालको निर्यात १ खर्ब ८८ अर्ब २० करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले कमी भएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो,चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा,…
भन्सार विधेयक २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित
आर्थिक परिवेश१६ बैशाख काठमाण्डाै । प्रतिनिधि सभाकाे मगलवारकाे बैठकले भन्सार विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएकाे थियाे । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाउनु भए पछि पारित भएकाे हाे । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भन्सार बिन्दुहरुमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताउनु भयाे । उहाँले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरु पीडित नबनुन् भन्ने नै…
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ आयोजना हुने
आर्थिक परिवेश०९ बैशाख, काठमाडौँ । ‘नेपाली वस्तुको प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मुख्य नारासहित १० औँ’ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२’ आयोजना गरिने भएको छ । यही वैशाख २५ गतेदेखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपीसी), ललितपुर उद्योग वाणिज्य सङ्घ, नेपाल हस्तकला महासङ्घको सहकार्यमा मेला आयोजना गरिँदै छ । आयोजकका अनुसार मेलामा नेपालसँगै मुख्यगरी चीन, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्यान्डलगायत देशका उद्योगी–व्यवसायीहरू सहभागी हुनेछन्…