
आइतबार एकै दिन सुनकाे मुल्य तोलामा २७ सयले घट्याे
आर्थिक परिवेश०९ असार, काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ आइतबार सुन तोलामा २७ सयले घटेको हो । आइतबार छाप भएको सुन तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ । तेजावी सुन १ लाख ४१ हजार ३०० मा कारोबार भएको छ । शुक्रबार छाप भएको सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएको सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको थियो । आइतवार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलाको १ हजार ८ सय १५ मा कारोबार भएको छ । शुक्रबार चाँदी १ हजार ८ सय ६५…

उत्पादन र निर्यातमा सुधार हुन नसक्दा मुलुककाे व्यापार घाटाकाे अवस्था निरन्तर बढ्दाे
आर्थिक परिवेश०८ असार , काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाकाे अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड रूपैया बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यस अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रूपैयाकाे मालवस्तु आयात गर्दा एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख रूपैया बराबरको मात्रै निर्यात गरेको छ । विभागका अनुसार ११ महिनामा नेपालले कूल १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा…

सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँले बढ्याे
आर्थिक परिवेश०७ असार काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छाप भएकाे सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएकाे सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अवैध र चोरी पैठारीका सामान सजिलै नियन्त्रण गर्न सकिने गरी एचएस कोडको व्यवस्था
आर्थिक परिवेश३२ जेठ, काठमाडौं । भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो । एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो । मूल्य अभिवृद्धि कर नियमावलीमा संशोधन गरी बिजक जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो । नयाँ व्यवस्थाअनुसार बिजकको नयाँ ढाँचा राजपत्रमा प्रकाशित भइसकेको छ । मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीको अनुसूची–५ (ख) मा कर नयाँ बिजकको ढाँचा समावेश गरिएको छ । उक्त ढाँचाको पहिलो…

सुनकाे मुल्य ताेलामा चार हजारले घट्याे
आर्थिक परिवेश२७ जेठ, काठमाडौँ । नेपाली बजारमा गत साता बढेकाे सुनकाे मूल्य आइतवार भने तोलामा चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छाप भएकाे सुन आइतवार लागि प्रतितोला एक लाख ४१ हजार रूपैयामा काराेवार भएको छ । शुक्रबार छाप भएकाे सुन तोलामा एक लाख ४५ हजार रूपैयामा कारोबार भएको थियो । यस्तै यस दिन छाप नभएकाे सुन तोलामा एक लाख ४० हजार तीन सय निर्धारण भइ काराेवार भएकाे छ । शुक्रबार छाप नभएकाे सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रूपैयाले घटेको छ । शुक्रबार तोलामा एक…