सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेक आयोजना हुने
आर्थिक परिवेश२० माघ, काठमाण्डौ । यही माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेक आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने र डिजिटल नेपाल निर्माणमा मेलाले सहयोग पुग्ने क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले बताउनुभयो । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग नीतिगत पक्षमा नजिकबाट सहकार्य गरिरहेको बताउँदै उहाँले सामूहिक प्रयत्नबाटै डिजिटल नेपालको सपना पूरा हुने धारणा राख्नुभयो । क्यान इन्फोटेकको शीर्ष प्रायोजक…
नेपालमा इन्धनको मूल्य बढ्याे
आर्थिक परिवेश१९ माघ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रवार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि…
आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो मेला शुरू, निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्नु पर्नेमा प्नधानमन्त्रीकाे जाेड
आर्थिक परिवेश१७ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन आज गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यस अनुसारको व्यापार वृद्धि गर्न सक्नुपर्नेमा जोड दिनुभयो । पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले…
सुनकाे मुल्य ताेलामा १४ सयले बढ्याे
आर्थिक परिवेश१६ माघ काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य वृद्धि भएको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार ८५५ मा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार २ सयमा कारोबार भएको थियो । त्यसैगरी, चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो । १ हजार ८ सय ८५० रुपैयाँमा कारोबार भएको थियो ।
सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पो आयोजना हुने
आर्थिक परिवेश१४ माघ काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आठौँ संस्करणको चेम्बर एक्स्पो, २०२५ यही माघ १७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेभएको छ । अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पो आयोजना हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पोमार्फत नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिँदै व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने उद्देश्य लिइएको उहाँको भनाइ छ ।…