बक्याैता रकम नतिरे पछि बाराका २ वटा ठूला उद्योगहरूको लाइन काटियाे
आर्थिक परिवेश

२९ असार , बारा ।   नेपाल विद्युत प्राधिकरण  बाराले त्यहाँका  २ वटा ठूला उद्योगहरूको लाइन काटिदिएको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टिलको लाइन काटेको नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ  । असार १० गते उद्योगलाई लेखिएको पत्रमा १५ दिनभित्र उद्योगलाई बक्यौता तिर्न भनिएको थियो । जगदम्बा स्टील र हुलास स्टिललाई पत्र पठाएर बाँकी रहेको विद्युत् महसुल तिर्नु भनिए पनि समय सीमाभित्र महसुल नतिरेपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुमेश रुपाखेतीले जानकारी दिनुभयो । जगदम्बा स्टिलले नेपाल विद्युत् प्राधिकरणलाई १ अर्ब ६०…

आफूहरूले राज्यबाट  ६० अर्ब भुक्तानी लिन बाँकी : निर्माण व्यवसायी
आर्थिक परिवेश

२७ असार, काठमाडौँ ।  चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट  ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौँ रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति उत्पन्न भएको बताउनुभयो । “बैङ्कको किस्ता र अन्य कर तिर्न नसकी हजारौँ व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा मनोवैज्ञानिक दबाब परेको छ” अध्यक्ष सिंहले भन्नुभयो । आर्थिक वर्षको अन्त्यमा…

सुनकाे मुल्य एकै दिन ताेलामा १६ सयले बढयाे
आर्थिक परिवेश

२० असार, काठमाडौं ।   साताकाे  बिहिवार एकैदिन नेपाली बजारमा छाप भएकाे सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ ।

११ महिनामा २३ अर्ब ९३ करोड, ८६ लाख बराबरको नेपाली उत्पादन निकासी
आर्थिक परिवेश

१४ असार, बीरगंज । बीरगंज आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८०/०८१ को ११ महिनामा भारत तथा तेस्रो मुलुकतर्फ २३ अर्ब ९३ करोड, ८५ लाख ९१ हजार मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको छ । वीरगंज नाका हुँदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा लगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगंज आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आइसिपी भन्सार नाका हुँदै ११ महिनाको अवधिमा ७ अर्ब ५८ करोड ६३ लाख ८७ हजार मूल्य बराबरको फलफूलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ६५ करोड ९१ लाख…

११ महिनामा वीरगञ्ज भन्सार कार्यालयकाे राजस्व स‌‌‌कलन ‍लक्ष्य भन्दा झण्डै ३७ प्रतिशत कम
आर्थिक परिवेश

११ असार वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय आइसिपीले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा १ खर्ब ४१ अर्ब ८९ करोड ८४ लाख ३ हजार राजस्व असुली गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठ मसान्त सम्मका लागि आईसिपी भन्सारलाई २ खर्ब २४ अर्ब ६१ करोड ६६ लाख २६ हजार राजस्व उठाउने लक्ष्य तोकेको  छ  । चालु आर्थिक वर्षकाे ११ महिनामा माल सामानको आयातमा गिरावट आएसँगै  लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आइसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आइसिपी भन्सार वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ३७ प्रतिशत…