पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
आर्थिक परिवेश

२९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य…

पोखरामा बिहिवारदेखि  राष्ट्रिय औद्योगिक व्यापार मेला हुने
आर्थिक परिवेश

२० मंसिर, कास्की।  मंसिर २१ देखि गण्डकी प्रदेशकाे राजधानी शहर पाेखरामा  राष्ट्रिय औद्योगिक व्यापार मेला  आयोजना हुने भएकाे छ । देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले पोखरामा बिहिवारदेखि  राष्ट्रिय औद्योगिक व्यापार मेला हुन लागेकाे हाे । स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको सबै तयारी पूरा भएको छ । मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ । मेलाबाट पोखरालगायत देशका विभिन्र औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने सङ्घका…

वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात र जाँचपास बढ्याे
आर्थिक परिवेश

१७ मंसिर,वीरगञ्ज ।  मुलुकको आर्थिक गतिविधि चलायमान बन्दै गएपछि वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात बढ्नुको साथै सवारी साधनको जाँचपास हुने क्रम समेत बढेर गएको छ । चालु आर्थिक वर्षको ४ महिनामा वीरगञ्ज नाकाबाट १ हजार २७ थान जीप, कार, भ्यान, बस र ट्रकका चेसिस एवं टिपर लगायतका सवारी साधन जाँचपास भएका छन्  । ८ हजार ८ सय ६९ थान मोटर साइकल वीरगञ्ज नाका हुँदै जाँचपास भई मुलुकका विभिन्न स्थानमा गएका छन् । यसबाट ३ अर्ब ६४ करोड ९९ लाख ४१ लाख राजस्व असुली भएको छ । वीरगञ्ज भन्सार कार्यालय आईसिपीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष ४ महिनामा वीरगञ्ज हुँदै…

सडक बत्तीको बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्न प्राधिकरणलाई निर्देशन
आर्थिक परिवेश

१७ मंसिर, काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । कूल तीन सय ३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम  छ अर्ब आठ करोड रूपैया बराबर रहेकाे छ । अधिकांश पालिकाको बक्यौता २०७४ साल पछिको हो । प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनः संरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयको नाममा रहेको…

पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षकाे ३ महिनामा नगदेवाली करिव ४ अर्बकाे निर्यात
आर्थिक परिवेश

१२ मंसिर,झापा  । कोशी प्रदेशको पूर्वी नाका काँकडभिट्टाबाट विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ…