
सुनको मूल्य एकैदिन तोलामा १२ सयले बढेर आजसम्मकै उच्च मूल्य कायम
आर्थिक परिवेशमाघ १९, काठमाडौं। बिहिवार नेपाली बजारमा सुनको मुल्यले अहिले सम्मको सबै भन्दा उच्च मुल्य बनाएर कारोवार भएको छ । सुनको मूल्य एकैदिन तोलामा १२ सय रुपैयाँले बढ्दै आजसम्मकै उच्च मूल्य कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको बजार मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएर कारोवार भएको छ। बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर…

आठवटा वाणिज्य बैङ्क एकापसमा गाभिए, थप दुई वाणिज्य बैङ्क मर्जरको चरणमा
आर्थिक परिवेशकाठमाडौँ । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी आठ अर्ब पुर्याउनु पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैङ्कको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैङ्कहरू मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभूति हुने गरी वाणिज्य बैङ्कको सङ्ख्या घटेको हो । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैङ्क एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैङ्क…

नेपालका दुई ठूला बैकहरु एक आपसमा गाभिएर आइतवारदेखि एकीकृत काराेवार शुरु
आर्थिक परिवेशकाठमाण्डौ । नेपालका दुई ठूला बैकहरु एक आपसमा गाभिएर आइतवारदेखि एकीकृत काराेवार शुरु गरेका छन् । यसरी एकीकृत कारोवार गर्ने बैकहरुमा कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकरहेका छन् । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आइतावारदेखि एकीकृत कारोबार सुरु भएको हो । गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकआपसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो । यी दुबै बैंक एक बराबर एक स्वाप रेसियोमा गाभिएका हुन् । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल बन्नुभएको…