
नेपालका दुई ठूला बैकहरु एक आपसमा गाभिएर आइतवारदेखि एकीकृत काराेवार शुरु
आर्थिक परिवेशकाठमाण्डौ । नेपालका दुई ठूला बैकहरु एक आपसमा गाभिएर आइतवारदेखि एकीकृत काराेवार शुरु गरेका छन् । यसरी एकीकृत कारोवार गर्ने बैकहरुमा कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकरहेका छन् । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आइतावारदेखि एकीकृत कारोबार सुरु भएको हो । गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकआपसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो । यी दुबै बैंक एक बराबर एक स्वाप रेसियोमा गाभिएका हुन् । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल बन्नुभएको…

राष्ट्रिय वाणिज्य बैंकले गरयाे एकै दिन पाँच वटा शाखा कार्यालय उद्घाटन
आर्थिक परिवेशकाठमाण्डौ । सरकारी लगानीकाे राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिवार एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरी सेवा शुरु गरेको छ । बैकले १ नम्बर प्रदेशअन्र्तगत रहने गरी शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी तथा मधेस प्रदेश अन्र्तगत शाखा कार्यालय मलंगवा र बागमती प्रदेश अन्र्तगत शाखा कार्यलय रसुवाको शनिवार उद्घाटन गरिएको छ । पाँचवटा कार्यालय संचालनमा आएसँगै देशभर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् । शाखा कार्यालय ताप्लेजुङ्गको बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुमको म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारीको झापा १ ख का प्रदेश सांसद गोपाल तामाङ्ग,…

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ नेपाल टेलिकम
आर्थिक परिवेशकाठमाडाै । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ। सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो। टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञप्ति जारी गरी राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ। मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ। ‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड…

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो,
आर्थिक परिवेशकाठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल÷मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल÷मटितेल १७८ रुपैयाँ थियो । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि पनि ठूलो नाफामा छ । तर,…

सुनकाे मुल्य प्रतिताेला एक लाख माथि पुग्याे ।
आर्थिक परिवेशकाठमाडौं। शुक्रवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ। शुक्रबार सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत वैशाखपछि शुक्रबार सुनको कारोबार मूल्य तोलामा लाख नाघेको हो। बिहीबारकाे तुलनामा शुक्रवार सुन ताेलामा ६ सय रुपैयाँले बढेको हो। बिहीबार प्रतितोला ९९ हजार ७ सय र बुधबार ९९ हजार ३ सयमा सुनकाे कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बलियो हुँदा नेपालमा त्यसको असर परेको हो। गत वैशाख ५ गते तोलाको १ लाख २ हजार ५ सयसम्म पुगेको मूल्य क्रमिक घटेको थियो। घटबढ भइरहँदा ६ महिनापछि पुनः लाखबाट माथि उक्लिएको हो। चालु…