कन्याममा चिया चाख्ने अनुसन्धान केन्द्र निर्माण
आर्थिक परिवेश२१ भदाै, इलाम । इलामको सूर्योदय नगरपालिका कन्याममा ’टी टेस्टिङ्’ अनुसन्धान केन्द्र निर्माण भएको छ । कन्याममा ’टी टेस्टिङ्’ सहितको अनुसन्धान केन्द्र निर्माण भएपछि चिया क्षेत्रमा लामो समय देखी सक्रिय किसान उद्योगी र यस बारेमा अध्ययन अनुसन्धान गर्न चाहने सबैलाई राहत मिलेको छ । अब भौतिक संरचना पूर्णरूपमा तयार भएको छ । तयार भएको भवनहरू एउटै कमाउण्ड भित्र ५ वटा बल्क रहेका छन् जहाँ प्रशासन कक्ष चियाको टेस्टिङ तथा खरिद बिक्री कक्ष, चियाको अध्ययन अनुसन्धान कक्ष, चियाका विभिन्न कुराको संग्राहलय, सभाहल र ११ वटा कोठा रहेको सुविधा सम्पन्न गेष्ट हाउस पनि रहेको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको…
दीर्घकालीन विद्युत व्यापार सम्झौता भारतले अनुमोदन, विस्तृत सम्झौता पछि कार्यान्वयन
आर्थिक परिवेश१९ भदौ , काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रारम्भिक हस्ताक्षर भएको दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतले अनुमोदन गरेसँगै १० हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्ने बाटो खुल्ने स्.भावना बढेको छ । दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतको मन्त्रिपरिषद्ले हालै अनुमोदन गरेको अनौपचारिक जानकारी प्राप्त भएको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले जनाएको छ । निर्णयको औपचारिक जानकारी भए पछि त्यसमा चाँडै नै काठमाडौंमा दुई देशका सचिवस्तरमा छलफल गरी विस्तृत सम्झौतामा हस्ताक्षर हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनु भयो । नेपाल भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङ–टर्म पावर पर्चेज एग्रीमेन्ट) मा मुख्य रुपमा १० वर्षमा १० हजार…
खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि
आर्थिक परिवेश१४ भदाै, काठमाडाैं । खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ। निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २ सय ३५ रुपैयाँ बढेको छ। यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ। यसअघि ग्यासको मूल्य १ हजार ६६० रुपैयाँमा खुद्रा विक्रि हुँदै आएको थियो। गत साउन १६ गते निगमले नै प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको थियो । १ हजार ७ सय ९० मा बिक्रि हुँदै आएको ग्यासको मूल्य १ हजार ६ सय ६० कायम भएको थियो। नेपाल…
तातोपानी नाकाबाट सर्वसाधारणकाे आवतजावत खुल्ने
आर्थिक परिवेश१४ भदाै,सिन्धुपाल्चोक । महाभूकम्प २०७२ पछि पहिलो पटक मानव आवतजावतका लागि तातोपानी नाका खुला हुने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । लामो समय आवतजावत बन्द गरेको उक्त नाकामा चीनले शुक्रवारबाट आवतजावत खुला गर्न लागेको हो । गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीहरू बीच भएको बैठकले नाकाबाट स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नाका खुलाउन नेपालकाे तर्फबाट गरिने तयारी सबै गरेकाे जानकारी दिनु भयाे । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा…
साउनमा नेपालकाे आयात निर्यात दुबै घट्याे, सबै भन्दा बढी निर्यात हुनेमा अलैंची
आर्थिक परिवेश६ भदौ,काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रूपैया बराबरकाे मात्र भएकाे छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रूपैया पुगेको छ । गत आवको पहिलो महिनामा एक खर्ब ३१ अर्ब…