वीरगन्जबाट ११ महिनामा १ खर्ब ४२ अर्ब ३० करोड ४१ लाख राजस्व संकलन
आर्थिक परिवेश

०९ असार,वीरगञ्ज ।  देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आइसिपी वीरगन्जले चालु आर्थिक वर्ष २०७९/०८० को ११ महिनामा १ खर्ब ४२ अर्ब ३० करोड ४१ लाख ६२ हजार रुपैयाँ राजस्व असुली गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आइसिपी भन्सारलाई ११ महिनाको अवधिमा २ खर्ब ३७ अर्ब ५८ करोड ६३ लाख ६२ हजार राजस्व उठाउने लक्ष्य तोकेको ताेकेकाे थियाे । यस अवधीमा आयात निर्यात व्यापार प्रभावित भएसँगै वीरगञ्ज भन्सारको राजस्व असुलीमा गिरावट आएको प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । तुलनात्मक रुपमा हेर्दा लक्ष्य भन्दा ९५ अर्ब २२ करोड २२ लाख कम राजस्व असुली भएको…

चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध छ:  अर्थमन्त्री
आर्थिक परिवेश

 ०९ असार, काठमाडौ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सक्दा प्रतिस्पर्धा बजारबाट फाइदा उठाउन फाइदा सकिने बताउनुभएकाे छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) को २०औं वार्षिक साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले  हामी कुन क्षेत्रमा प्रतिस्पर्धी हुनसक्छौं, कुनमा सक्दैनौं, त्यसको निक्र्योल सरकारले मात्र होइन, निजी क्षेत्रले पनि गर्नुपर्छ भन्नु भयो  । ‘चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध छ । साथै सरकार निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध र जलविद्युत निर्यात एउटा सम्भावित क्षेत्र रहेको अर्थमन्त्री डा.  महतले बताउनुभयाे ।’ सीएनआईले बजेट वाच भनेर एउटा पुस्तक प्रकाशित गरेको छ, बजेटमा के के कुरा…

‘अन्डर इन्भ्वाइसिङ’ गरेर निकासी हुँदै आएको अम्रिसो यथार्थ मूल्यमा हुने
आर्थिक परिवेश

०२असार,भद्रपुर, झापा ।   मेची भन्सार कार्यालय काँकडभिट्टाले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम कायम गरेर निकासी थालेकाे को छ । व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकोमा हाल बजार मूल्यकै आधारमा निकासी गर्न यथार्थ मूल्य कायम गरिएको मेची भन्सार कार्यालयले जनाएको छ । यसअघि ‘अन्डर इन्भ्वाइसिङ’ गरेर अम्रिसो निकासी हुँदै आएको थियो ।  त्यस बेला भन्सार पनि चुप नै थियाे । अम्रिसोको हालको बजार मूल्य सरदर प्रतिकिलो  १२२ रूपैया रहेको छ । हाल  भन्सारले यथार्थ मूल्य नराखे निकासी रोक्ने चेतावनी दिएपछि व्यवसायीले अहिले प्रतिकिलो  १२० मूल्य राखेर उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो । यसअघि…

सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने
आर्थिक परिवेश

३० जेठ , काठमाण्डौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट बक्तब्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । सरकारले गरेको उक्त घोषणाको सुनचाँदी ब्यवसायीले चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए । उनीहरुले मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरी सो कर फिर्ता गर्न माग गरेका थिए । भेटका क्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताउनुभयो । सुनका गरगहना हुने खाने देखि हुँदा आमनेपाली सम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रष्ट पार्नुभएको नेपाल…

१० महिनामा २५ अर्ब ८६ करोड ४८ लाख बराबरको नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश

२० जेठ,वीरगञ्ज ।  वीरगञ्ज आइसिपी भन्सार नाका हुँदै चालु आर्थिक वर्ष २०७९/०८० को १० महिनामा  २५ अर्ब ८६ करोड ४८ लाख  मूल्य बराबरका नेपाली उत्पादन निर्यात भएको छ । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकमा नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । उक्त नाका हुँदै २ अर्ब ८६ करोड ८४ लाख मूल्य बराबरको प्रशोधित भटमासको तेल, ४८ करोड १२ लाख मूल्य बराबरको पाम आयल भारत निर्यात भएको छ । त्यसैगरी ७४ करोड ९४ लाख मूल्य बराबरको डाबर नेपालले उत्पादन गरेको जुस भारत…