सरकारले बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा विशेष ध्यान दिने
आर्थिक परिवेश२२ भदाै, काठमाडौँ । नेपाल सरकारले आसन्न चाडपर्वमा उपभोग्य वस्तुको सहज आपूर्तिका लागि बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा विशेष ध्यान दिने भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतवर बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुख्य सचिव एक नारायणअर्यालले आम जनतालाई उपर्भोग्य वस्तु सुपथ मूल्यमा सहज रुपमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिनुभएको हो । मुख्यसचिव अर्यालले भन्नुभयो, “चाडपर्वमा उपभोग्य वस्तुको सहज उपलब्धता, महँगी नियन्त्रण तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन आवश्यक छ । यस वर्ष राज्यका सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्छ । यसमा…
चितवनमा महिला उद्यमी मेला आयोजना हुने
आर्थिक परिवेश१७ भदाै चितवन । ‘महिला उद्यमशीलता विकासमार्फत महिला सशक्तीकरण’ भन्ने मूल नाराका साथ चितवन उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमी मेला–२०८२’ आयोजना गर्ने भएको छ । महिलाले घर तथा उद्योगमा उत्पादित बस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्य सहित मेलाको आयोजना गर्न लागिएको हो । भदौ १९ देखि २३ गतेसम्म उद्योग वाणिज्य सङ्घको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना गर्ने तयारी गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । कार्यक्रम संयोजक अस्मिता तिमल्सिना रिजालका अनुसार करिब ३० वटा स्टल रहने मेलामा हस्तकला, लघु घरेलु उत्पादन तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुहरूको प्रदर्शनी गरिने छ । एकल महिला, दुर्गम क्षेत्रका महिला तथा स्टार्टअप उद्यमीलाई…
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायाे
आर्थिक परिवेशकाठमाडौँ, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजेल-मट्टितेलमा प्रतिलिटर चार रुपियाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपियाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपियाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपियाँ तोकिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपियाँ तोकिएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ ।…
१ महिनामा ८ अर्ब ४५ करोड १३ लाख मूल्य बराबरका नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश११ भदाै वीरगञ्ज । वीरगन्ज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८ अर्ब ४५ करोड १३ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । गत आर्थिक बर्ष २०८१/०८२ को साउन महिनाको तुलनामा यस आर्थिक वर्षको साउनमा १ सय ७६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को साउनमा भारत तथा तेस्रो मुलुकतर्फ ३ अर्ब ५ करोड ३२ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो । वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा…
डब्लुटिओले विश्व वस्तु व्यापार वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झार्याे
आर्थिक परिवेश२४ साउन जेनेभा । विश्व व्यापार सङ्गठन (डब्लुटिओ)ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झारेको छ । यसअघि सो दर २.५ प्रतिशत हुने अनुमान गरिएको थियो । डब्लुटिओले यो गिरावटको प्रमुख कारणको रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ । डब्लुटिओले शुक्रबार सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार, हालैका भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने देखिएको छ । अमेरिकाले अगस्ट ७ मा लागु गरेको ’पारस्परिक भन्सार दर’ले न केवल अमेरिकाको आयात घटाउने छ, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्ने अनुमान गरिएको छ । अनुमानले भन्सार नबढाउने अवस्थामा गरिएको…