महासंघमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटेको छ
आर्थिक परिवेश

२५ मंसिर, काठमाडौ ।    नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटेको छ। हाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपछि प्रत्यक्ष निर्वाचन हुने भएको हो। मंगलबार बसेको विशेष साधरणसभाले ६ वटा संशोधन गरेको छ। जसमा अध्यक्षको कार्यकाल २ वर्ष, उपाध्यक्ष ५ जना र १ जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गरेको छ। हाल उपाध्यक्ष रहेका हेमराज ढकाल, ज्योत्सना श्रेष्ठले अझै २ कार्यकालपछि मात्रै प्रत्यक्षमा निर्वाचन गर्नुपर्ने माग गरेका थिए। तर साधरणसभामा उपस्थित अधिकांश सदस्यले अञ्जन श्रेष्ठपछि नै प्रत्यक्ष निर्वाचन माग गरेकाले त्यसलाई सर्वसम्मत रुपमा पारित गरिएको हो। ‘मंगलबार बसेको विषेश साधरणसभाले अञ्जन श्रेष्ठपछि अध्यक्षमा निर्वाचन हुने व्यवस्था गरेको छ,’ कार्यसमिति…

आईसिपी बीरगंजबाट तोकिएको लक्ष्यभन्दा झण्डै २९ प्रतिशत कम राजस्व असुली
आर्थिक परिवेश

 २१ म‌ंसिर  वीरगंज । वीरगंज भन्सार कार्यालय अर्थात् एकिकृत भन्सार जाँच चौकी आईसिपीले चालु आर्थिक बर्ष २०८१/०८२ को ४ महिनामा ५० अर्ब १७ करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई साउन, भदौ, असोज र कार्तिकको लागि ७० अर्ब ४६ करोड ३० लाख ६४ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियाे । माल सामानको आयात चाडबाडमा समेत लक्ष्य अनुरुप हुन नसकेपछि चालु आर्थिक वर्षको ४ महिनामा समेत लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो । आईसिपी बीरगंजले तोकिएको लक्ष्यभन्दा झण्डै २९ प्रतिशत कम राजस्व…

नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गर्ने सरकार र निजी क्षेत्रले प्रतिवद्धता
आर्थिक परिवेश

१९ मंसिर, बेजिड.ग चीन ।      नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो । द्धिपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको…

सुन म‌गलवार पनि ताेलामा २६ सयले घट्याे
आर्थिक परिवेश

 ११ मसिर  काठमाडौँ ।   मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो दिन सोमबार १५ हजार नौ सय रुपियाँले घटेर एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपियाँले घटेको छ । आज चाँदी १८ सय २० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रुपियाँमा किनबेच भएको थियो ।

छाप भएकाे सुनको भाउ एकै दिन तोलामै १६ हजार रुपैयाँले घट्याे
आर्थिक परिवेश

१० मंसिर, काठमाडौं ।   सरकारले भन्सार दर घटाएपछि साेमवार नेपालि बजारमा छाप भएकाे सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरी काराेवार भउकाे छ  । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले सुनको भन्सार दरलाई २० प्रतिशतबाट १० प्रतिशतमा झारेपछि  सोमबारदेखि सुनकाे मूल्य समायोजन गरिएको हो’ नेपाल सुनचाँदी व्मयवसी हासंघका अध्यक्ष अर्जुन रसायलीले जानकारी दिनु भयाे । यद्यपि अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार मूल्य केही घटेको थियो ।  चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले घटेको…