आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो मेला शुरू, निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्नु पर्नेमा प्नधानमन्त्रीकाे जाेड
आर्थिक परिवेश

  १७ माघ,  काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन आज गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यस अनुसारको व्यापार वृद्धि गर्न सक्नुपर्नेमा जोड दिनुभयो । पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले…

सुनकाे मुल्य ताेलामा १४ सयले बढ्याे
आर्थिक परिवेश

१६ माघ   काठमाडौँ  ।   नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य वृद्धि भएको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ । त्यसैगरी  चाँदी प्रतितोला १ हजार ८५५ मा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार २ सयमा कारोबार भएको थियो । त्यसैगरी, चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो । १ हजार ८ सय ८५० रुपैयाँमा कारोबार भएको थियो ।

सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पो आयोजना हुने
आर्थिक परिवेश

 १४ माघ काठमाडौँ ।   नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आठौँ संस्करणको चेम्बर एक्स्पो, २०२५ यही माघ १७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेभएको छ । अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) परियोजनासहित एक्स्पो आयोजना हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पोमार्फत नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिँदै  व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने उद्देश्य लिइएको उहाँको भनाइ छ ।…

बिर्तामोडमा बुधवारदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार र कृषि तथा पर्यटन महोत्सव सुरु
आर्थिक परिवेश

  ०९ माघ   भद्रपुर, झापा ।    झापाको प्रमुख व्यापारिक शहर बिर्तामोडमा बुधवारदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार र कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ  । बुधवार दिउसाे  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले महाेत्सवकाे शुरु   गर्नुभयो । उहाँले व्यापार प्रवद्र्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सदैव सकारात्मक रहेको बताउनुभयो । व्यापार, कृषि, उद्यमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक विर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको मुख्य प्रायोजन एपोलो पेन्ट्सले गरेको छ । विर्तामोड– ५ स्थित धर्मकाँटा रोडमा आयोजना गरिएको महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गर प्रयोग गरिएको संघका अध्यक्ष राजु न्यौपानेले बताउनु भयो । महोत्सवमा…

सुन ताेलाकाे एक हजार नौ सयले बढ्याे
आर्थिक परिवेश

०९ माघ काठमाडौँ  ।  नेपाली बजारमा बुधवार छाप  भएकाे सुनको मूल्य बढेर प्रतितोला  एक लाख ६० हजार रुपैया पुगेको छ । मङ्गलबार प्रतितोला  एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य बुधवार  प्रतितोला  एक हजार नौ सयले बढेर  एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला  २० रुपैयाले बढेको छ । यस दिन  चाँदी प्रतितोला  एक हजार आठ सय ९५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई…