रसुवागढीबाट हुने नेपाल चीन दुइपक्षीय व्यापार पूर्णरूपमा विच्छेद
आर्थिक परिवेश२४ असार, काठमाडौं । नेपालर चीन बीचकाे दाेस्राे ठूलाे व्यापारिक नाका रसुवागढीबाट हुने दुइपक्षीय व्यापार पूर्णरूपमा विच्छेद भएकाे छ । बाढीले पुरयाएकाे क्षतिका कारण त्यहाँबाट हुने व्यापार समेत अनिश्चित बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ महिना) सम्म रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । १ अर्ब ९६ करोड १४ लाख बराबरको वस्तु निर्यात भएको छ । चीनतर्फको अर्को नाका तातोपानीबाट यो अवधिसम्म ४६ अर्ब ८९ करोडको आयात भएको छ । निर्यात व्यापार शून्य छ । चीनतर्फ हवाईमार्गबाट हुने बाहेक व्यापार यी दुई नाकाबाट मात्र हुने गरेको छ…
रसुवा नाकाबाट ८० अर्ब बराबरको सामग्री आयात हुँदा तीन अर्बकाे निर्यात
आर्थिक परिवेश०४ असार,काठमाण्डौ । रसुवाको टिमरे भन्सार कार्यालयले चालु आर्थिक बर्षको ११ महिनामा २८ अर्ब ७१ करोड राजस्व संकलन गरेको छ । छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व भन्सार कार्यालयले सार्वजनिक गरेको हो । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी राजस्व वृद्वि भएको । गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको छ भने तीन अर्ब बराबरका सामग्रीहरु निर्यात भएका छन् । सो नाका हुदै गत…
इन्धनकाे मुल्य बढयाे, राती १२ बजेबाट लागू हुने
आर्थिक परिवेश१ असार, काठमाडौं । नेपाल अायल निगमले इन्धनहरू पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
काँकडभिट्टाबाट १६ अर्ब १९ करोडकाे पेट्रोलियम आयात
आर्थिक परिवेश२२ जेठ, भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको…
नेपाल बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
आर्थिक परिवेश२१ जेठ, भद्रपुर (झापा)। आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । ने पालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन् । काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड…