१० महिनामा भारत र तेस्रो मुलुकतर्फ ७९ अर्ब ३ करोडको नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश१३ जेठ वीरगञ्ज । वीरगंजस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सार नाकाबाट चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा भारत र तेस्रो मुलुकतर्फ ७९ अर्ब ३ करोड ७४ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। यस वर्ष सो निर्यातमा २१० प्रतिशतको उल्लेखनीय वृद्धि भएको वीरगञ्जस्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। प्रमुख निर्यात सामग्री र गन्तव्य देशहरू वीरगंज नाकामार्फत भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्डलगायत देशहरूमा विभिन्न नेपाली उत्पादनहरू निर्यात भएका छन्। तीमध्ये मुख्य रूपमा प्रशोधित…
१० महिनामा चिया निर्यातमा ४६.१० प्रतिशतले वृद्धि
आर्थिक परिवेश०९ जेठ, भद्रपुर, झापा । देशको पूर्वी नाका काँकडभिट्टाबाट तयारी चिया निर्यातमा वृद्धि भएको छ । मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा चिया निर्यातमा ४६.१० प्रतिशतले वृद्धि भएको छ । अलैँची, अदुवाजस्ता कृषि वस्तुको निर्यात भने अघिल्लो वर्षको तुलनामा घटेको मेची भन्सार कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार चालु आ.व.को १० महिनामा तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार मूल्य बराबरको १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको छ । गत आ.व. को सोही अवधिमा रु. दुई अर्ब ५२ करोड १० लाख १४ हजार मूल्य बराबरको चिया…
भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेशिन सहित तीन वटा कन्टेनर पक्राउ
आर्थिक परिवेश०५ जेठ,सुरुङ्गा झापा । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेसिन (कृषि औजार)सहित तीन वटा कन्टेनर पक्राउ गरेको छ । पक्राउ परेका सामग्रीको मूल्य रु तीन करोड ६१ लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरलाई प्रहरीले गएराति पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले जाँचका क्रममा भन्सार छली गरी…
अमेरिका र चीन कर अस्थायी रूपमा घटाउन सहमत
आर्थिक परिवेश२९ बैशाख,काठमाण्डौ । अमेरिका र चीन एकअर्काका आयातमा लगाइएका कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक कर ११५ प्रतिशत घटाउने बताएका छन्। स्विट्जरल्यान्डमा भन्सार शुल्कबारे अमेरिका र चीनबीच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौता घोषणा गरिएको हो। बेसेन्टले वार्तालाई ‘उत्पादक र रचनात्मक’ भनेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा भारी भन्सार महसुल लगाएपछि दुई देशबीच भएको यो पहिलो बैठक हो। ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनमा १२५ प्रतिशतसम्म कर लगाएको छ। यी भारी शुल्कले वित्तीय बजारमा उथलपुथल निम्त्यायो र विश्वव्यापी मन्दीको डर बढायो। सहमतिसँगै अब चिनियाँ आयातमा…
नौ महिनामा व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११ खर्ब २१ अर्ब ३४ करोड
आर्थिक परिवेश२८ बैशाख, काठमाडौ । चालु आर्थिक बर्षको नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैकले आइतवार जारी गरेको मुलुकको ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले ९ महिनामा नेपालको निर्यात १ खर्ब ८८ अर्ब २० करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले कमी भएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो,चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा,…