कार्तिक २६ देखि छाला जुत्ताजन्य वस्तुको व्यापार मेला हुने
BHuwan Aacharyaकाठमाडौँ । यही कार्तिक २६ देखि मङ्सिर १३ गतेसम्म काठमाडौँको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा छाला जुताजन्य वस्तुहरूको व्यापार मेला आयोजना हुने भएको छ । नेपाल जुत्ता उत्पादक सङ्घको आयोजनामा स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित व्यापार मेलामा नेपालका चर्चित जुत्ता उत्पादक ३० वटा कम्पनीहरूका ६० वटा भन्दा बढी स्टलहरूमा छाला जुत्ताजन्य उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिने छ । सङ्घमा आबद्ध नेपालका चर्चित ब्रान्डहरूको सहभागिता हुने सो मेलामा उपभोक्ताहरूले भारी छुटका साथ गुणस्तरीय उत्पादनहरू प्राप्त गर्न सक्ने आयेजकहरुले बताउनुभएको छ । वर्षमा २ पटक काठमाडौँमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारिक मेला आयोजना गर्ने सङ्घको नीति अनुसार यो वर्षको…
मुस्ताङको आकर्षण स्याउ पछि आलु
BHuwan Aacharyaमुस्ताङ । मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् । उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेरसमेत उपभोक्ताले खरिद गर्ने गरेका छन् । दसैँ तिहारका याममा झण्डै चार हजार केजी स्याउ बिक्री गरेको यहाँका फलफूल तथा तरकारी व्यापारी शङ्कर रेग्मीले जानकारी दिनुभयो । उहाँले स्याउ मात्रै हैन, मुस्ताङको आलुको समेत…