राष्ट्रिय वाणिज्य बैंकद्धारा कर्मचारीलाई उत्कृष्ठ बैंक सेवा पुरस्कार प्रदान
आर्थिक परिवेश

  २५ बैशाख,काठमाडाैं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफनो ५८ औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७÷०७८ र २०७८÷०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच  पुरस्कार प्रदान गरेकाे छ  । बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गर्नुभयोे । कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ बैंक पुरस्कार आ.व. २०७८÷०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७÷०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद  ५० हजार रूपैया सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत आ.व. २०७८÷०७९…

काठमाडौँ महानगरपालिकाले चैतसम्ममा ६२ दशमलव ३३ प्रतिशत राजस्व स‌कलन
आर्थिक परिवेश

१६ वैशाख, काठमाडौ‌।  काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ । उक्त रकम लक्ष्यको हो । गत आवको चैतसम्ममा पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिनु भयो । गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजार रुपैया बढि राजस्व संकलन भएको हो । कामपाले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । गत आवमा भने रु नौ…

नबिल बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड
आर्थिक परिवेश

११ वैशाख,काठमाडाै‌ । न बिल बैंक लिमिटेडले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो। यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ। यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्।‘हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र…

नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी
आर्थिक परिवेश

७ वैशाख,काठमाडौं ।  नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि र विकासका लागि समझदारी भएको छ । बुधवार काठमाडाैमा एक कार्यक्रमका बीच दुवै  निकायका अधिकारीहरुले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएकाे छ । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गर्नु भएकाे हाे। समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने छ भने विश्वविद्यालयले मानवसंशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख गरिएको छ । यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ…

नयाँ वर्ष २०८० काे अवसरमा नेपाल टेलिकमले ग्राहक अफर उपलब्ध गराउने
आर्थिक परिवेश

२९चैत्र, काठमाडौं ।  नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेजमा यस्ता सेवा उपलब्ध गराउने टेलिकमले जनाएकाे छ । कम्पनीले  ४९ रुपैयामा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ । यसैगरी डाटा प्याकेज अन्तर्गत  ९८ रुपैयामा ३ दिन चलाउन सकिने ६ जीबी डाटा,  १९९ रुपैयामा ७ दिन चलाउन सकिने १३ जीबी डाटा,  २९४ रुपैयामा १० दिन चलाउन सकिने २० जीबी डाटा र…