वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने
आर्थिक परिवेश२४ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । “प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा कात्तिक २४ गतेदेखि मङ्सिर तीन गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ”, राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ । वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको सङ्ख्या र कारोबारको कूल रकम राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी प्रणाली विभागलाई…
राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतामा एक करोड रुपैंया आर्थिक सहयोग प्रदान
आर्थिक परिवेश२२ कार्तिक, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल ूप्रचण्डूलाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गर्नु भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ । उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल…
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष बाबुराम सुवेदीकाे शपथ
आर्थिक परिवेश१९ कार्तिक,काठमाडौं । सरकारले सरकारी लगानीकाे राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिकाे अध्यक्षमा बाबुराम सुवेदीलाई नियुक्त गरेकाे छ । नव नियुक्तअध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बाबुराम सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । बाबुराम सुवेदीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । साथै, उहाँ नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव हुनुहुन्छ । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम तिम्सिना ढुङ्गाना, राष्ट्र…
राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी
आर्थिक परिवेश१७ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन / अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गर्नुभयो । उक्त समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्याङ्क र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउनेछन् । त्यसको निम्ति महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ । साथै, बैंकले समयसमयमा…
एसियाली विकास बैंककाे सहयाेगमा संरक्षित वन क्षेत्र पञ्चासेसम्म बाटोको स्तरोन्नति हुने
आर्थिक परिवेश१७ कार्तिक, पाेखरा । एसियाली विकास बैंक (एडिबी)ले कास्की जिल्लाकाे पोखराका विभिन्न परियोजनाहरूमा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उहाँको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुनुहुन्छ । भेटवार्ताका क्रममा राममूर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल भएकाे महानगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार निर्माणसहित दिगो पर्यटन…