नेपाल राष्ट्र बैंकले ‘मेडालियन’ सिक्का’को विक्री वितरण सुरु गरयाे
आर्थिक परिवेश७ असोज, काठमाण्डौ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेकोछ । यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को विक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको १ हजार ६ सय रूपैया र २५ ग्राम सिक्काको ४ हजार रूपैया मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई…
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत
आर्थिक परिवेश४ असाेज, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षण कोषकाे महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ । कोर्षको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘यसका लागि निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्छ ।’ अर्थतन्त्रमा समस्या छन्, तर ती समस्या विस्तारै कम हुँदै गएको उहाँको भनाइ थियो । कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन् ।’ ‘पर्यटक आगमन बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ…
अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश२ असोज, काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा पुगेको डरलको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो । लगातार बढ्दो क्रममा देखिएको डलरको विनिमय दर मंगलबार खरिद मूल्यमा १३२ रुपैयाँ ९४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ५४ पैसा पुगेको छ पछिल्लो ३०र ३१ भदौ तथा १ असोजमा लगातार खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ४० पैसा रहेकोमा मंगलबार ३ असोजमा नयाँ रेकर्ड बनाएको हो । लामो समयदेखि १३२ रुपैयाँकै वरिपरि रहेको अमेरिकी डलरको…
चालू पुँजी कर्जाका सम्बन्धमा आफुले उठाएका माग आंशिक सम्बोधन : महासंघ
आर्थिक परिवेश१२ भदाैं,काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले चालू पुँजी कर्जाको मार्गदर्शनमा आफुले उठाएका माग आंशिक सम्बोधन भएको जनाएको छ। नेपाल राष्ट्र बैंकले सोमबार चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गर्दा महासंघले आफूले उठाएका केही माग मात्र सम्बोधन भएको जनाएको हो। महासंघले अझै पनि निजी क्षेत्रलाई हतोत्साहित बनाउने प्रावधान रहेको र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्ने जनाएको छ। राष्ट्र बैंकले सोमबार क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी कुनै समूहको एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भए उक्त ऋणीबाट प्रत्यक्ष प्रभावित हुने समूहका अन्य ऋणीलाई समेत निष्कृय वर्गमा वर्गीकरण गर्न निर्देशन दिएको थियो। कुनै व्यापारिक समूहमा…
१० अर्ब रूपैया बराबरको विकास ऋणपत्र बिक्री गरिदैं
आर्थिक परिवेश२६ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार आठ वर्ष अवधिको १० अर्ब रूपैया बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री गर्ने भएको छ । सरकारको लागि नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको राष्ट्र बैंकले जनाएको छ । विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो…