हजारौँ बेरुजु बाँकी रहेको तथा एटीएम मेसिनहरूमा पुरानो सफ्टवेयर प्रयोग भइरहेको छ : राष्ट्र बैंक
आर्थिक परिवेश३१ जेठ, काठमाण्डौ । वाणिज्य बैंकहरूको निक्षेप संकलन र सम्पत्ति बढे पनि कर्जाको गुणस्तर खस्किँदा र खराब कर्जा चुलिँदा बैंकहरूको पूँजीगत दबाबमा परेको देखिएको छ । नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ को वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार हिस्साको अवस्था हेर्दा वाणिज्य बैंकहरूको कुल निक्षेप १३.६३ प्रतिशतले बढेर. ६,५४१.६५ अर्ब पुगेको उल्लेख गरेको छ । समीक्षा बर्षमा बैकहरुको कुल कर्जा तथा सापटी १०.४९ प्रतिशतले वृद्धि भई ४,९६३.१५ अर्ब पुगेको देखाएको छ । तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने ८०.०५ प्रतिशतमा खुम्चिएको छ । प्रतिवेदनका अनुसार समग्र बैंकिङ क्षेत्रको कुल सम्पत्तिमा…
विदेशी मुद्राहरुको विनिमयदर उच्च दरले बढ्याे
आर्थिक परिवेश२९ जेठ, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो र अस्ती लगातार घटेको सबै मुद्राको भाउ आज बढेको हो। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा थियो। यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर…
वैशाख महिनामा हालसम्मकै धेरै रेमिट्यान्स नेपाल भित्रियाे
आर्थिक परिवेश२६ जेठ, काठमाडौं । वैशाख महिनामा हालसम्मकै धेरै रेमिट्यान्स नेपालमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकका पछिल्लाे प्रतिवेदन अनुसार सो महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स विप्रेषण नेपालमा भित्रिएकाे हाे । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनाको रेमिट्यान्स मासिक आधारमा हालसम्मकै धेरै हो । चालु आवको १० महिनामा रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढेको हो । गत चैत महिनामा २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आर्थिक वर्षका १० महिनामा अर्थात् वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिमा १३ खर्ब ५७…
कृषि बिकास बैंक अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त
आर्थिक परिवेश२५ जेठ, काठमाडौं । कृषि बिकास बैंक लि. बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा टंकप्रसाद पाण्डेय नियूक्ति हुनु भएको छ । नवनियूक्त अध्यक्ष निजामति सेवामा २५ वर्ष देखि कार्यरत रही महत्वपूर्ण अनुभव प्राप्त गर्नु भएको छ । पाण्डेयसंग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष पाण्डेयलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर प्रा. डा. विश्वनाथ पौडेलले सपथ ग्रहण गराउनु भयो । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर किरण…
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्याे
आर्थिक परिवेश२२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था बमोजिम सुझाव माग भएको हो । इच्छुक आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । इमेल ठेगाना monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । साउन १५ गतेभित्र राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्नेछ । यसअघि चालु आर्थिक वर्षको मौद्रिक नीति भने गत असार २७ गते नै सार्वजनिक गरिएको थियो । पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन बैंकिङ…