यस्ताे छ साेमवारका लागि निर्धारित विदेशी मुद्राकाे विनिमय दर
आर्थिक परिवेश२४ कात्तिक काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन…
सुनकाे मुल्य एकै दिन ११ हजार छ सयले घट्याे
आर्थिक परिवेश०९ कार्तिक काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो । कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर…
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
आर्थिक परिवेश०२ कार्तिक काठमाण्डाै । नेपालकाे ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीेले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गर्नुभयो । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई…
सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९००
आर्थिक परिवेश३० असाेज,काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधवार सुन प्रतितोला रु दुई लाख ४८ हजार ९०० र चाँदी प्रतितोला रु तीन हजार २४० मा किनबेच भएको थियो ।
सुनकाे मुल्यले साढे २ लाख नाघ्याे
आर्थिक परिवेश३० असोज, काठमाडौं । नेपाली बजारमा बिहिवार सुनको भाउले साढे २ लाख नाघेर एतिहासिक रेकर्ड बनाएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो…