नेपाली शेयर बजारकाे कारोबार साताकाे अन्तिम दिन उल्लेख्य रूपमा सुधार
आर्थिक परिवेश१४ चैत्र, काठमाडौँ । विगत दुइ सातादेखि निरन्तर घटेकाे नेपाली शेयर बजारकाे कारोबारको याे साताकाे काराेवारकाे अन्तिम दिन पुँजीबजारमा उल्लेख्य रूपमा सुधार भएको छ । बिहिवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो । आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक हरियो देखिएको…
शेयर बजारकाे परिसूचकमा दाेहाेराे अंककाे कमी
आर्थिक परिवेश०३ चैत्र, काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ । आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ । आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ…
नेप्सेमा बुधवार दोहोरो अङ्कको वृद्धि
आर्थिक परिवेश२८ फागुन, काठमाडौँ । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारकाे पिरसूचक नेप्से बुधवार भने दोहोरो अङ्कको वृद्धि भ्एको छ । बुधवार नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो । यस दिन विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयरहरू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैङ्क समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरू सबै समूहको…
शेयर बजारको कारोवार तथा परिसूचकमा उच्च अंकको कमी
आर्थिक परिवेश२५ फागुन, काठमाडौ । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कले घटेको छ । यस दिन बजारको कारोवार रकम घटेको छ । आइतवार नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा झरेको छ । आइतवार बजारमा तीन सय १५ कम्पनीहरुका दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता शेयरहरु १० अर्ब नौ करोड ३६ लाख ५४ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतवारको कारोबारमा सबै समूहको उपसूचकहरु रातै भएका छन् । यस दिन दुई कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २…
नेप्सेको प्रमुखका लागि १० जनाले दिए आवेदन
आर्थिक परिवेश२५ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाले आवेदन दिएका छन् । आइतबार साँझसम्म आवेदन दिने म्याद तोकिएको थियो । सीईओ सिफारिस समितिले तोकेको म्यादभित्र आवेदन दिनेमा यसअघि नै सीईओ सम्हालिसकेका कृष्णबहादुर कार्की समेत छन् । त्यस्तै सीडीएस एण्ड क्लियरिङका पूर्व सीईओ पूर्णप्रसाद आचार्यको पनि आवेदन परेको छ । नेप्से सचिवालयका अनुसार अन्य आवेदकमा बद्रिप्रसाद प्याकुरेल (नुवाकोट), नारदकुमार लुइँटेल (सर्लाही), युवराज दाहाल (झापा), प्रविण अधिकारी (काभ्रेपलान्चोक), चुडामणि चापागाईं (झापा), बिमलकुमार तिवारी (सिराहा), हेमन्त बस्याल (पाल्पा) र मुकुन्दराज जोशी (डढेलधुरा) छन् । अब सिफारिस समितिले यी नामबाट ५ जनाको सर्टलिस्ट तयार गर्नेछ ।…