शेयर बजारकाे काराेवार ३ महिना यताकै न्युन
आर्थिक परिवेश१४ असाेज,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अङ्कमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता शेयर ५० हजार छ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो । म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले…
शेयर बजारमा सुधार आइतबार उकालो यात्रा शुरु
आर्थिक परिवेश०६ असाेज काठमाडाै । निरन्तर घटिरहेको बजारले आइतबार उकालो यात्रा शुरु गरेकाे छ। गत हप्ताको अन्तिम काराबोर दिनमा २५७६ अंकमा ओर्लिएको आइतबार भने दिनभर बढेको हो। आइतबार प्रि ओपन सेसनमै २५ अंकले बढेको नेप्से त्यसपछिको केही समय आक्रामक रुपमा उकालो लागेको थियो। कारोबार सुरु भएको पहिलो ५ मिनेटमै नेप्से ४२ अंकले बढेर अधिकतम विन्दु २६४३ अंकमा पुगेको थियो। तर त्यसपछि भने सामान्य उतारचढावका बीच नेप्से दोहोरो अंकको वृद्धिसहित बन्द हुन पुग्यो। समग्रमा यो दिन नेप्से सूचक ११.५८ अंकले बढेर २५८८.३५ अंकमा बन्द भएको हो। हरियो बनेको बजारमा १८८ कम्पनीको सेयरमूल्य बढ्दा पनि लगानीकर्ताको सक्रियता देखिएन। बिहीबार राताम्मे बनेको बजारमा पनि ५ अर्ब…
अर्थमन्त्री पाैडैलबाट नेप्सेकाे निरीक्षण पुँजीबजार अस्थिर भइरहेकोमा चिन्ता व्यक्त
आर्थिक परिवेश२ असोज, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चाँसो व्यक्त गर्नुभयो । “केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम रु ३० अर्ब हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम रु पाँच /छ अर्बमा खुम्चिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ ।” वर्तनमान सरकार गठन…
परिसूचक ओरालो लाग्ने क्रम जारी काराेवार पनि उच्च रकमले घट्याे
आर्थिक परिवेश२० भदाै, काठमाडौँ । साताकाे अन्तीम काराेवारकाे दिन बिहिवार नेपाली शेयर बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १२ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार सात सय २७ दशमलव ३६ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८६ दशमलव ३६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल दुई करोड एक लाख ५३ हजार नौ सय…
नेप्से परिसूचक करिव १०० अंकले घट्याे काराेवार भने करिव १३ अर्बकाे
आर्थिक परिवेश१९ भदाै, काठमाडौँ । पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाली शेयर बजारकाे (नेप्से) परिसूचक बुधवार उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ को विन्दुमा कायम भएको हो आज तीन सय २० कम्पनीको दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर एक लाख ३७ हजार एक सय ६३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ रूपैयामा कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह…