पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक १११.७६ अंक घट्याे
आर्थिक परिवेश

१७ पुष, काठमाडाैं ।   याे साताको दोस्रो दिन नेपाली शेयर बजारकाे कारोबार  नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिनसहित पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक १११.७६ अंक घटेको छ। मंगलबार नेप्से परिसूचक ३०.०५ अंक घटेर २०३०.१० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ४ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३०५ स्टकको ८५…

गत साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो,नेप्से परिसूचक २१०९ मा
आर्थिक परिवेश

६ पुष, काठमाडौं ।  अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो । नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भयो । यो साता ५ दिन सेयर कारोबार भएकोमा ४ दिन बजार बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार घट्यो । आइतबार २७, सोमबार ३८, मंगलबार ४६, बुधबार ३५ अंक बढेको नेप्से बिहीबार भने ३२ अंक घट्यो । समग्रमा साताभर बजार ११५ अंक बढ्यो । नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकम उल्लेख्य भएको छ । यो साताका हरेक दिन ५ अर्बभन्दा बढीको कारोबार भयो । आइतबार ५ अर्ब १५…

साताभर बढेकाे शेयर बजार बिहिवार उच्चअंकले घट्याे
आर्थिक परिवेश

०५पुष, काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिवार  उच्च अङ्कले ओरालो लागेको छ । बिहिवार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अङ्कले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । यस दिन कूल एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता शेयरहरू छ अर्ब…

बजार परिसूचकमा उच्च अंकको वृद्धि काराेवार करिव ७ अर्ब नजिक
आर्थिक परिवेश

०२ पुष, काठमाडौं ।   नेपाली धितोपत्र बजारमा शेयर सोमवार कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । यस दिन बजारको कारोवार रकम पनि उच्च दरले बढेको छ । यस दिन कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्य घटेको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । सोमवार कूल दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता शेयरहरु छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार मूल्यमा किनब्ेच भएका छन् । यो विगत…

नेप्से ३६.८६ अंकले बढ्यो, काराेबार घटेर ४ अर्ब ३० करोडमा
आर्थिक परिवेश

२६ मंसिर, काठमाडौं।  नेपाली शेयर बजारकाे परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ। बजार खुलेको पहिलो १० मिनेटमा ६ अंकले घटेको नेप्से त्यसपछि निरन्तर उकालो लागेको हो। परिसूचक अपराह्‍न २:२० बजे सम्ममा  बढेर १९९० बिन्दुमा पुगेकोमा  त्यसको १३ मिनेटमा १९७५ बिन्दुमा झरेको थियो। त्यसपछि बढेर अन्तिममा १९८५.४४ बिन्दु कायम भएको छ। राष्ट्र बैंकले नीतिगत दरहरु कम गरेको प्रभावस्वरुप वाणिज्य बैंकले ब्याजदर घटाउन थालेपछि सेयर बजार बढेको हो। होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ। जलविद्युत, वित्त र जीवन बिमा उपसमूहको सूचक पनि ३ प्रतिशत भन्दा बढी उकालो लागेको छ। बोटलर्स नेपाल बालाजु, धौलागिरी लघुवित्त लगायत ८ कम्मपनीको सेयर मूल्यमा…