साेमवार नेप्से परिसूचक दोहोरो अङ्कले घट्याे काराेवार रकमले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश

२५मंसिर, काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार  दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ । आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुन सकेन । यस दिन  कूल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर  चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा किनबेच भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको  २५ करोड १५ लाख ६०…

नेपाली शेयर बजारमा उच्च वृद्धि ३ पटकको सर्किट ब्रेक पछि कारोवार स्थगित
आर्थिक परिवेश

२४ मंसिर, काठमाडौ ।  मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैकले लचकता अपनाए पछि त्यसको प्रभाव आइतवार नेपाली शेयर बजारमा परेको छ । यस दिन सेयर बजार परिसूचक ९ मिनेटको अवधीमा १११.२० अंकले बढेको छ । कारोवार शुरु भएको केही क्षणमै परिसूचक उच्चदरले बढे पछि नेपाल स्टक एक्सचेञ्जले बजारमा ३ पटकसम्म सर्किट लगाएको थियो । यस दिन शेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको छ । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो । पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५…

चार दिनदेखि शेयरबजार निरन्तर घटदै, काराेवार रकममा पनि उच्च गिरावट
आर्थिक परिवेश

१४ मंसिर, काठमाडौँ ।  नेपाली  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताकाे बिहिवार चाैथाे दिन पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ५६ दशमलव शून्य आठमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको सेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ । कुल ४५ लाख ९५ हजार पाँच…

शेयर बजारकाे परिसूचक तथा काराेबार रकम दुवैमा उच्च वृद्दि
आर्थिक परिवेश

१० मंसिर, काठमाडौँ । नेपाली धितोपत्र बजारकाे  कारोबार मापक नेप्से परिसूचक आइतवार  उच्च अङ्कले उकालो लागेको छ । यस दिन परिसूचकका साथै काराेवार रकममा पनि उच्च अंकले वढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतवार  नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलब ८१ म पुगेको छ । नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर र दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन…

मंगलबार घटेको सेयर बजार बुधबार २०.६७ अंकले बढ्याे
आर्थिक परिवेश

६ मंसिर, काठमाडौं ।  मंगलबार २३ अंकले घटेको सेयर बजार बुधबार भने २०.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८५० विन्दुमा कायम भएको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोडको कारोबार भयो । कुल १९५ कम्पनीहरूको मूल्य बढ्दा ४० को मात्रै घट्यो भने ३ को स्थिर रह्यो । यस दिन सबै उपसमूहका सूचकहरू बढेका छन् । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढेकाे छ  । अंकका आधारमा वाणिज्य बैंक समूह…