
शेयर बजारमा यो साता परिसूचक घटे पनि कारोबार रकम बढ्याे
आर्थिक परिवेश१३ साउन, काठमाडौं । यो साताको पहिलो कारोबार दिन(आइतबार) बजार ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा पुगको नेप्से परिसूचक ४ कारोबार दिन ओरालो लाग्दा २१२६.४८ बिन्दुमा झरेको छ । साउन ७ गते सार्वजनिक भएको मौद्रिक नीतिमा ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घटाइने बताइएको थियो । त्यसपछि निरन्तर चार कारोबार दिन बजार घटेर२१२६.४८बिन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन २१६३.९२ बिन्दुमा रहेको नेप्से यो साता १.६५ प्रतिशत अर्थात् ३७.४३ अंकले घटेर २१२६.४८ बिन्दुमा अडिएको छ । गत साताको तुलनामा यो साता परिसूचक घटे पनि कारोबार रकम बढेको छ । गत साता बजारमा १४ अर्ब ४७ करोडको कारोबार भएकोमा…

११ ले पाए धितोपत्र दलाल ब्रोकरको लाइसेन्स
आर्थिक परिवेश५ असार,काठमाडाैं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई धितोपत्र दलाल ब्रोकरको लाइसेन्स प्रदान गरेको छ । बोर्डको यही साउन ४ गते बसेको बोर्ड बैठकले ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने निर्णय गरेको बाेर्डका प्रवक्ता मुक्तीनाथ श्रेष्ठले जानकारी दिनु भयाे । बोर्डले यसअघि १८ वटा कम्पनीलाई धितोपत्र दलाल ब्रोकरको लाइसेन्स प्रदान गरिसकेको छ । नयाँ ११ सहित नेपालमा धितोपत्रको कारोवार गर्ने दलालहरुको संख्या ७९ पुगेको छ । बोर्डले जेठमा नयाँ १८ कम्पनीलाई लाइसेन्स दिएकामा ७ वटाले साउन १ देखि परीक्षण कारोबार सुरु गरिसकेका छन्। लाइसेन्स प्राप्त गर्ने नयाँ कम्पनीहरू १) मिल्की वे सेयर ब्रोकर कम्पनी लि. २) क्यापिटल हब प्रा….

नयाँ आर्थिक वर्ष सुरु भएकै दिन शेयर बजारकाे परिसूचकमा उच्च वृद्धि
आर्थिक परिवेश०१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले बढेर दुई हजार एक सय ४४ दशमलब १६ मा पुगेको हो । यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमवार १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । यस दिन कूल ७६ लाख ३४ हजार एक सय ९० कित्ता शेयरहरु दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय रुपैयामा कारोबार भएको छ । बैंक तथा वित्तीय…

नेप्से परिसूचक २५ अङ्कले बढ्यो
आर्थिक परिवेश२७ असार, काठमाडाैं । बुधवार नेपाल स्टक एक्सचेञ्जकाे (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । यस दिनकाे कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । बुधवार विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ मा किनबेच भएका छन् । यस दिन वित्त र होटल तथा पर्यटन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बुधवारकाे कारोबारपछि वित्त समूह ३९ दशमलव २० र होटल तथा पर्यटन समूह ५१ दशमलव ०८…

साेमवार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
आर्थिक परिवेश११ असार, काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६६ अङ्कले उकालो लागेर तीन सय ९९ दशमलव ११ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने आठ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । नेप्सेका अनुसार कूल एक करोड १९ लाख तीन हजार छ सय ८७ कित्ता शेयर…