सेयर बजारमा गरिने लगानी, प्रबृत्ति ‘शेयरपुर’ सार्वजनिक
आर्थिक परिवेश

२३ जेठ,काठमाण्डौ ।  शेयर बजार र लगानी सम्बन्धि भोगाइ र कल्पनका आधारमा नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाले लेख्नु भएको ‘शेयरपुर’ नामक उपन्यास सार्वजनिक भएको छ । मंगलवार काठमाण्डौमा आयोजित संक्षिप्त कार्यक्रमका बीच आर्थिक पत्रकारहरुले सामुहिक रुपमा पुस्तकको विमोचन गर्नु भएको छ । लामो समय नेपालमा पत्रकारिता गरेका सापकोटा एक दशकयता अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । नेपालमा छँदा शेयर बजार, बित्त र बैंकिङ सम्बन्धि रिपोर्टिङ गरेका साप्कोटाले अहिले अमेरिकामा त्यहाँको सेयर बजारमा लगानी गर्नु हुन्छ । २६० पुष्ठ लामो उपन्यासमा उहाँले सेयर बजारमा गरिने लगानी, प्रबृत्ति, नाफा÷घाटा, लगानी पछि लगानीकर्ताको मनोविज्ञानका विषयलाई कथानक रुपले पुस्तकमा…

धितोपत्र बोर्डले १० वटा धितोपत्र दलाल र एक व्यापारीलाई इजाजत
आर्थिक परिवेश

२३ जेठ, काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले थप ११ वटा धितोपत्र दलाल (सेयर ब्रोकर) तथा एउटा धितोपत्र व्यापारी (स्टक डिलर) लाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेर आशयपत्र पाएका ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्डले पूर्वाधारको निरीक्षण पछि एउटा कम्पनीलाई पूर्ण कार्य गर्ने र ९ वटालाई सीमिति कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र दिएको छ । भने एउटा कम्पनीलाई धितोपत्र व्यापारीकाे  इजाजतपत्र (लाइसेन्स) दिएको छ । कुन–कुन कम्पनीले पाए लाइन्सेन्स ?   हेर्नुस् सेयर ब्रोकर स्टक डिलर

नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्कले बढ्याे
आर्थिक परिवेश

२१ जेठ, काठमाडौँ ।  साताको पहिलो कारोबार दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ बराबरको कारोबार भएको छ । नेप्सेका सबै सूचक आज हरियो भएका छन् । सेन्सेटिभ इन्डेक्स नौ दशमलव ४९, फ्लोट इन्डेक्स…

प्राकृतिक व्यक्तिले दाखिला गरेको ५ र ७ .५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर
आर्थिक परिवेश

२१ जेठ,काठमाण्डौं ।  शेयर लगानीकर्ता,नेपाल धितोपत्र बोर्ड,अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ । अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, नेपाल धितोपत्र कोर्डका अध्यक्ष तथा शेयर लगानीकर्ताहरुको उपस्थितिमा भएको छलफलमा त्यसतो सहमती भएको हो । छलफलमा सहमती पछि अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले एक सूचना जारी गर्दै शेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७ .५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने जनाएको छ । आर्थिक विधेयक,२०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम…

नेपाल धिताेपत्र बाेर्डबाट ७ ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान
आर्थिक परिवेश

०९ जेठ, काठमाडाैं । नेपाल धिताेपत्र बार्डले नयाँ लाइसेन्सका लागि एलओआइ पाएका मध्ये ७ ब्रोकर कम्पनीले लाइसेन्स प्रदान  गरेकाे  छन। सोमबार बसेको नेपाल धिताेपत्र बोर्ड बैठकले सात ब्रोकरहरूलाई लाइसेन्स दिने निर्णय गरेको हो। बोर्डले पछिल्लो समय ४३ ब्रोकर कम्पनीलाई एलओआइ दिएको छ। निवेदन भने ४६ कम्पनीले दिएका थिए। निवेदन दिएका मध्ये तीन कम्पनी भने लाइसेन्सको रेसबाट आउट भएका थिए। पछिल्लो समय धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०७९ को पाँचौँ संशोधनले लाइसेन्स वितरणको लागि समय सीमा नै तोकेको छ। सोही कारण बोर्डले परेका निवेदनको जाँचबुझलाई तीव्रता दिँदै ४३ कम्पनीलाई एलओआइ दिएको थियो। तिनै मध्ये ७ ले पूर्वाधार तयार…