
शेयर बजारकाे काराेवार उच्च अंकले घट्याे कारोबार रकम भने एक अर्ब नाघ्यो
आर्थिक परिवेश२६चैत्र, काठमाडाैं । नेपाली शेयर बजारमा आइतवार नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । यस दिन परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्कमा कायम भएको छ । आइतवार दुई सय ६८ वटा कम्पनीहरूका ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयरहरू २९ हजार दुई सय ३९ पटक किनबेच हुँदा एक अर्ब १५ करोड ९४ लाख ४८ हजार रूपैया बराबरको कारोबार भएको छ । यस दिन सबै समूहका उपसूचकहरू रातै भएकाे देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७९ दशमलव ९४ र निर्जीवन बीमा समूह एक सय ५३ दशमलव ३६…

बजारकाे विकासका लागि हामीले पूरै ध्यान दिएका छौं : अध्यक्ष हमाल
आर्थिक परिवेश१५ चैत्र, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबै तिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि सम्यमता अपनाउन लगानीकर्ताहरुलाई आग्रह गर्नु भएकाे छ। बुधबार काठमाडौंमा पुँजीबजारका लगानीकर्ताहरू ३ वटा संघहरुले आयोजना गरेको ‘समृद्ध नेपालको आधारः पुँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले पुँजीबजारको दिगो विकास र विस्तारको लागि धेरै काम गरिहेकोले पुँजीबजारमा सुनौलो दिन आउने विश्वास व्यक्त गर्नु भयाे । उहाँले पुँजीबजार विभिन्न कारणले चापमा रहेको भन्दै यस्तो अवस्थामा लगानीकर्ताहरु निराशा नभएर सम्यमता अपनाउन आग्रह गरे । उनले पुँजीबजार अहिले लगानीकर्ता निराश हुने गरी घट्ने अनुमान नगरिएको बताए । उनले विश्व अर्थतन्त्रमा देखिएको संकटका कारण बजारमा बैंकिङ तरलता…

शेयर बजार सच्चिने प्रयासमा काराेवार पनि बढयाे
आर्थिक परिवेश१४ चैत, काठमाडौं । अघिल्लो साता निरन्तर घटिरहेको सेयर बजार पछिल्लो समय लयमा फर्किने संकेत देखिएको छ । आइतवार दाेहाेराे अंकले घटेकाे बजार सोमबार र मंगलबार लगातार दोहोरो अंकले बढेर बजारले यस्तै संकेत गरेको छ । मंगलबार १२.१० अंकले बढेको बजार १९१८.१० विन्दुमा पुगेर रोकिएको छ । शून्य दशमलव ६३ प्रतिशतले बजार बढेको हो । मंगलबार २५८ वटा धितोपत्रको ३५ हजार ९२६ वटा कारोबारबाट ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ । मंगलबार विकास बैंक, वित्त र निर्जीवन बीमा उपसूचक घटे । अन्य उपसूचक भने…

फागुन २१ गते नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घट्याे
आर्थिक परिवेश२१ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्जकाे (नेप्से) परिसूचक आइतवार उच्च अङ्कले घटेको छ । आइतवार भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता शेयर ३० हजार नौ सय तीन पटक खरिदबिक्री हुँदा रू एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक एक…

२ महिनापछि २ हजार अंकको बिन्दुबाट तल झर्याे नेप्से परिसूचक
आर्थिक परिवेश१७ फागुन, काठमाडौं । नेपाली शेयर बजारकाे परिसूचक नेप्सेमा १.२१ प्रतिशतले गिरावट हुँदा २ महिनापछि २ हजार अंकको बिन्दुबाट तल झरेकाे छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २१.४४ अंकले घटेर १९९५.४९ अंकमा बन्द भएको छ । नयाँ सरकार गठन भएर अर्थतन्त्रीमा विष्णु पौडेन नियुक्त भएसँगै बजार बढेर १४ पुसमा २ हजार अंकको बिन्दुबाट माथि लागेको थियो । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकममा पनि संकुचन भएको छ । बुधबार सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.६५ प्रतिशतले गिरावट भएको छ । बुधबार नेप्सेमा २६ हजार ४५४ वटा कारोबारमा ३७ लाख २९ हजार ९७६ कित्ता सेयर…