
नेप्सेमा ३३.५७ अंकको वृद्धि, सबै उपसूचक बढ्दा काराेवार रकम भने बढेन
आर्थिक परिवेश१० फागुन, काठमाडौं । पछिल्ला केही दिन यता लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने १.६४ प्रतिशतले बढेको छ । फागुन सुरु भएयता बुधबारबाहेक बजार खुलेको अन्य ५ दिन नै सेयर बजारमा गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ३३.५७ अंकले वृद्धि हुँदा २०८०.३८ अंकमा बन्द भएको छ । बुधबार लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने १.२५ प्रतिशतले बढेको छ । लघुवित्तले जथाभावी लगानी गरेको कर्जा असुल हुन नसक्ने अवस्थामा रहेको समाचार आएसँगै बुधबार सबै उपसूचक वृद्धि हुँदा पनि लघुवित्त उपसूचकमा भने गिरावट भएको छ । लघुवित्त उपसूचक १.४…

धितोपत्र दलाल व्यवसायीहरूले १५ दिनमा शाखा कार्यालय खोल्न स्वीकृती पाउने
आर्थिक परिवेश६फागुन, काठमाडौं। सेयर बजार कारोबार बढाउन धितोपत्र दलाल व्यवसायीहरूले शाखा कार्यालय खोल्न दिने प्रावधानसहितको निर्देशिका २०७९ लागु भएको छ। ब्रोकरहरुको शाखा खोल्ने प्रक्रियालाई सहज बनाउन धितोपत्र बोर्डले बाेर्ड बैठकबाट पारित गरी निर्देशिका कार्यान्वयनमा ल्याएको हो। निर्देशिका यही फागुन ४ गतेबाट कार्यान्वयनमा आएको हाे । निर्देशिकाअनुसार ब्रोकर कम्पनीहरुले शाखा खोल्दा प्रति शाखा १ करोड ५० लाख चुक्ता पुँजी कायम गर्नु पर्नेछ। तर सरकारले ताेके अनुसारका स्थानमा शाखा कार्यालय खाेलेमा भने साे पुजी नपुगेमा पनि स्वीकृती दिन सकिने व्यवस्था गरिएकाे छ । शाखा कार्यालय खोल्न चाहने ब्रोकरहरुको नेटवर्थ चुक्ता पुँजी भन्दा बढी हुनु पर्नेछ। मुख्य कार्यालय रहेको जिल्लामा शाखा खोल्न नपाइने, सरकारले…

शेयर काराेवार साढे पाँच अर्ब नजिक परिसूचक दुई हजार एक सय ६४ दशमलव ६१ अङ्कमा पुग्याे
आर्थिक परिवेश२४ पुष,काठमाडौँ । गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आइतवार नेप्से परिसूचक २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अङ्कमा पुगेकाे छ । यस दिनको कारोबारमा दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६५ पटक खरिद–बिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको छ । पुष २४ गते बैङ्किङ, उत्पादन र लघुवित्त समूहको उपसूचक घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ ।…

लामो समयपछि शेयर बजारको कारोवार ५ अर्ब माथि , लगानीकर्ता उत्साहित
आर्थिक परिवेशकाठमाडौँ । नेपाली शेयर बजारको कारोवार रकमममा बिहिवार उच्च वृद्धि भएको छ । यस दिन शेयर कारोबार मापक नेप्से परिसूचक पनि दोहोरो अंकले बढेको छ । बिहिवार नेप्से परिसूचक १८ दशमलब शून्य नौ अङ्कले उकालो चढेर दुई हजार एक सय ४३ दशमलब ९३ मा अंकमा पुगेको छ । बिहिवारको कारोबारमा ठूला कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले बढेर चार सय ११ दशमलब २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा घटेको छ भने ११ उपसमूहको शेयर मूल्य बढेको छ । यस दिन कारोवारमा आएका कम्पनीहरु मध्ये एक सय ४७ कम्पनीहरुको…

शेयर बजारकाे परिसूचक दोहोरो अङ्कले उकालो लाग्याे
आर्थिक परिवेशकाठमाडौँ । नेपाली शेयर बजारमा अ।इतवार कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव शून्य दुईमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल कम्पनीमध्ये एक सय २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ८७ कम्पनीको…