शेयर बजार परिसूचक ५१.३१ अंकले बढ्याे,२ अर्ब २० करोड रुपैयाँमाथिको काराेवार
आर्थिक परिवेश०९ जेठ, काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । नेप्से सूचकमा आज एकै दिन ५० अंकमाथिको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५१.३१ अंकले बढ्दै १९ सय ४२ अंकको विन्दुमा उक्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.८५ अंकले बढ्दै ३६७.७४ अंकको विन्दुमा उक्लिएको छ । उसो त आज सेयर कारोबार समेत बढेर २ अर्बमाथि गएको छ । ५१ अंकले नेप्से बढेको यस दिन २ अर्ब २० करोड रुपैयाँमाथिको ६० लाख ६७ हजार कित्तामाथि सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको…
नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्कमा
आर्थिक परिवेश०८ जेठ, काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता शेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ पुगेको छ । नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ । बैङ्किङ र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक…
नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिनुभएको छ । अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा सङ्घीय संसद्मा पनि प्रश्न उठेको तथा सरोकारवालाले यस विषयमा चासो देखाएको र उच्च अदालत पाटनमा यस विषयमा मुद्दा विचाराधीन रहेको अवस्थालाई ख्याल गरेर प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिनुभएको हाे । यही वैशाख २६ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । धितोपत्र बोर्डले आय पत्र माग गर्दै नयाँ स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेञ्ज कार्यरत…