
आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ८० कम्पनी
आर्थिक परिवेश२२ मंसिर काठमाडौँ । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल रू ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको आइपिओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपिओका लागि बोर्डको प्रक्रियामा छ । होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले रु तीन अर्ब ३१ करोड १० लाख बराबरको…

११ महिना पछि धितोपत्र बोर्डले अध्यक्ष पायाे
आर्थिक परिवेश१० मंसिर, काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेकाे छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सन्तोषनारायण श्रेष्ठलाइ अध्यक्षमा नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता पृथिवि सुब्बा गुरुडले जानकारी दिनु भयाे । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् । उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो । पूर्वअध्यक्ष रमेश हमालले कार्यकाल पूरा गरेसँगै गत वर्ष पुस २१ देखि बोर्ड अध्यक्ष पद खाली थियो। ११ महिनापछि सरकारले बल्ल रिक्त पदपूर्ति गरेको हो। पहिले नै रिक्त पदपूर्ति गर्न खोजे पनि नियुक्ति प्रक्रिया गिजोलिन पुगेको थियो। छनोटमा परेकामध्ये…

नेप्से परिसूचक र काराेवार रकममा गिरावट
आर्थिक परिवेश०९ मिसर काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । यस दिन नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार छ सय ६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो । आइतवार तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता शेयर ७६ हजार चार सय १८ पटक खरिदबिक्री हुँदा सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाकाे काराेवार भएकाे छ । लगानी समूह शून्य दशमलव शून्य आठ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरू सबै…

नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घट्याे
आर्थिक परिवेश०४ मसिर काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचकमा मगलवार उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो । आज तीन सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर एक लाख पाँच हजार आठ सय २७ पटक किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव १७ र जलविद्युत्…

सेयर बजारमा ११ अर्ब ७२ करोड रुपैयाको कारोबार
आर्थिक परिवेश०२ मसिर,काठमाडौ । आइतबार नेपाली सेयर बजारमा ११ अर्ब ७२ करोड रुपैयाको कारोबार भएको छ । यो कारोवार बिहिवारको तुलनामा १३.५ प्रतिशतले बढी हो । अघिल्लो दिन १० अर्ब ३२ करोडको भएको थियो । यस दिन बजारको परिसूचक नेप्से ४.९८ अंकले बढेर नेप्से २७५३ अंकमा कायम भएको छ । यस दिन १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, माइक्रोफाइनान्स १.२८, अन्य ०.११ र…