नेपाल धितोपत्र बोर्डको काम सोमवारबाट सुचारु हुने
आर्थिक परिवेश

२३ कार्तिक,काठमाण्डौ ।    ४५ दिन देखि काम बन्द भएको नेपाली धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको काम सोमवारबाट सुचारु हुने भएको छ । बोर्डका आन्दोलनरत कर्मचारीहरुका माग सरकारले सम्बोधन गरिदिने भए पछि कर्मचारीहरु काममा फर्किने भएका हुन । डेढ महिनादेखि निरन्तर काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीहरु अर्थ मन्त्रालयमा भएको छलफल र सहमती पछि काममा फर्किएका हुन् । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि २०७५ खारेज गर्न निर्देशन दिएपछि कर्मचारीहरु ४५ दिनयता आन्दोलनमा थिए । खाइपाई आएको सुविधा कटौती हुने भएपछि काम नै ठप्प पारेर आन्दोलनमा…

शेयर बजारकाे परिसूचकमा दोहोरो अङ्कको सुधार
आर्थिक परिवेश

 १९ कात्तिक,काठमाडौँ  ।   बुधवार नेपाली शेयर बजारकाे परिसूचक (नेप्से) मा दोहोरो अङ्कको सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । यस दिन ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा  चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ । बधवारको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको  ३८ करोड ६१ लाख…

छ काराेवार दिनमा नेप्से परिसूचक १ सय २२ अंकले बढ्याे
आर्थिक परिवेश

१६ कात्तिक, काठमाडौं ।   आइतबार सेयर बजारकाे  परिसूचक नेप्से ३१ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि  ३१ अ‌कले बढेको हो । आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से कारोबार बन्द हुँदासम्म कायम रह्यो । साताकाे कारोबार सुरु हुँदा २६००.३८ अंकमा रहेको नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुगेको छ नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ४.४१ अंकले बढेको छ । आइतबार नेप्सेमा कारोबार भएका अधिकांश समहुगत सूचक बढेका छन् । व्यापार बहेक सबै समूहगत सूचक सकारात्मक रहे । समग्र नेप्से सूचक १.१८ प्रतिशतले बढेको हो । आइतबार नेप्सेमा २ सय ५ कम्पनीको…

नेप्से रिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ पुग्याे
आर्थिक परिवेश

 ०२ कार्तिक  काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ । आइतवार ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा खुम्चिएको छ । आज विकास बैङ्क समूह शून्य दशमलव २१, म्युचुअल फण्ड शून्य दशमलव १३ र निर्जीवन बिमा समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । आइतवार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर…

नेपाली सेयर बजारको कारोबार ११.५१ अंकले बढेर बन्द रकम भने ३ अर्ब पुगेन
आर्थिक परिवेश

१२ असोज, काठमाण्डौ । दशैं बिदा अगाडि अन्तिम कारोबार दिन आइतबार नेपाली सेयर बजारको परिसूचक ११.५१ अंकले बढेर बन्द भएको छ । आइतबार परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने ३ अर्ब पनि पुग्न सकेन् । सरकारले पूँजीबजार सुधार सुझाव कार्यदल गठन गरेको थियो । उक्त, कार्यदलले सेयर बजार सुधारका लागि तत्काल गर्नुपर्ने काममा सेयर बजारको एकल ग्राहक सीमा हटाउन सुझाएको छ । दशैंपछि मात्रै धितोपत्र बजार खुल्ने भएकाले आइतबारको कारोबारको राफसाफ पनि दशैंपछि नै हुने भएकाले कारोबार रकममा भने कमी आएको छ । आइतबार बजारको परिसूचक २६६३.५१ बिन्दुमा रोकिएको छ । आइतबार होटल र पर्यटन, व्यापार र अन्य…