छ काराेवार दिनमा नेप्से परिसूचक १ सय २२ अंकले बढ्याे
आर्थिक परिवेश१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजारकाे परिसूचक नेप्से ३१ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि ३१ अकले बढेको हो । आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से कारोबार बन्द हुँदासम्म कायम रह्यो । साताकाे कारोबार सुरु हुँदा २६००.३८ अंकमा रहेको नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुगेको छ नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ४.४१ अंकले बढेको छ । आइतबार नेप्सेमा कारोबार भएका अधिकांश समहुगत सूचक बढेका छन् । व्यापार बहेक सबै समूहगत सूचक सकारात्मक रहे । समग्र नेप्से सूचक १.१८ प्रतिशतले बढेको हो । आइतबार नेप्सेमा २ सय ५ कम्पनीको…
नेप्से रिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ पुग्याे
आर्थिक परिवेश०२ कार्तिक काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ । आइतवार ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा खुम्चिएको छ । आज विकास बैङ्क समूह शून्य दशमलव २१, म्युचुअल फण्ड शून्य दशमलव १३ र निर्जीवन बिमा समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । आइतवार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर…
नेपाली सेयर बजारको कारोबार ११.५१ अंकले बढेर बन्द रकम भने ३ अर्ब पुगेन
आर्थिक परिवेश१२ असोज, काठमाण्डौ । दशैं बिदा अगाडि अन्तिम कारोबार दिन आइतबार नेपाली सेयर बजारको परिसूचक ११.५१ अंकले बढेर बन्द भएको छ । आइतबार परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने ३ अर्ब पनि पुग्न सकेन् । सरकारले पूँजीबजार सुधार सुझाव कार्यदल गठन गरेको थियो । उक्त, कार्यदलले सेयर बजार सुधारका लागि तत्काल गर्नुपर्ने काममा सेयर बजारको एकल ग्राहक सीमा हटाउन सुझाएको छ । दशैंपछि मात्रै धितोपत्र बजार खुल्ने भएकाले आइतबारको कारोबारको राफसाफ पनि दशैंपछि नै हुने भएकाले कारोबार रकममा भने कमी आएको छ । आइतबार बजारको परिसूचक २६६३.५१ बिन्दुमा रोकिएको छ । आइतबार होटल र पर्यटन, व्यापार र अन्य…
पूँजीबजार सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझायाे
आर्थिक परिवेश९ असोज, काठमाडौं । पूँजीबजार सुधार सुझाव कार्यदलले एकल ग्राहक कर्जा सीमा र बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर खरिद गरेपछि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था तत्काल हटाउन सुझाव दिएको छ । कार्यदलले बिहीबार अध्ययन प्रतिवेदन बुझाउँदै सरकारलाई तत्काल, मध्यकाल र दीर्घकालीन सुझाव दिएको हो । नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कायर्दलले ५ दिनको अध्ययनपछि प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनालललाइ बुझाएको हो । कार्यदलको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोडलाई तत्कालन हटाउनुपर्छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले सूचीकृत संगठित संस्थाको…
नेपाल स्टकले सूचिकृत संगिठत संस्थाहरूलाई तोकिएको ढाँचामा १९ बुँदे सूचना उपलब्ध गराउन निर्देशन
आर्थिक परिवेश२३ भदौ,काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई तोकिएको ढाँचामा र समयमा अनिवार्य रूपमा वित्तीय विवरण तथा अन्य महत्वपूर्ण सूचना पेस गर्न निर्देशन दिएको छ । नेप्सेले आइतबार जारी गरेको सर्कुलरमा आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र लेखा परीक्षण वित्तीय विवरण, त्रैमास समाप्त भएको ३० दिनभित्र प्रतिसेयर आम्दानी, मूल्य आय अनुपातलगायतका विवरणसहितको त्रैमासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ । साथै लाभांश वितरण, बोनस वा हकप्रद सेयर निष्कासन, ठुला लगानी वा कानुनी कारबाही जस्ता सेयर मूल्यमा प्रभाव पार्ने घटना तुरुन्तै नेप्से र कम्पनीको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताइएको छ । यी सबै विवरण नेप्सेले उपलब्ध गराएको सेयर खरिदबिक्रीको अनलाइन प्रणाली (नट्स)…