नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३
आर्थिक परिवेश

२० असाेज  काठमाडौँ ।   नेपाली  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार उच्च अ‌कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३ दशमलव ५८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ । आजको कारोबारमा कूल एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर रु छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय…

शेयर बजारमा उच्च अङ्ककाे वृद्धि परिसूचक दुई हजार ६२४
आर्थिक परिवेश

१५ असाेज काठमाडौँ ।   नेपाली शेयर बजारकाे परिसूचक  (नेप्से) मा म‌गलवार उच्च अङ्कको सुधार भएको छ । यस दिन  नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धि पछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अङ्कमा कायम भएको छ । म‌गलवार तीन सय सात कम्पनीहरुका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयरहरु  सात अर्ब ६१ करोड ६५ लाख २२ हजार मुद्ययमा किनबेच भएका  छन्। यस दिन वित्त समूह  सबैभन्दा धेरै नौ दशमलव ७४ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ तीन दशमलव ८३, विकास बैङ्क पाँच दशमलव ४८, होटल तथा पर्यटन पाँच दशमलव…

शेयर बजारकाे काराेवार ३ महिना यताकै न्युन
आर्थिक परिवेश

१४ असाेज,काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अङ्कमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता शेयर ५० हजार छ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो । म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले…

शेयर बजारमा सुधार आइतबार उकालो यात्रा शुरु
आर्थिक परिवेश

 ०६ असाेज काठमाडाै ।    निरन्तर घटिरहेको बजारले आइतबार उकालो यात्रा शुरु गरेकाे  छ। गत हप्ताको अन्तिम काराबोर दिनमा २५७६ अंकमा ओर्लिएको आइतबार भने दिनभर बढेको हो। आइतबार प्रि ओपन सेसनमै २५ अंकले बढेको नेप्से त्यसपछिको केही समय आक्रामक रुपमा उकालो लागेको थियो। कारोबार सुरु भएको पहिलो ५ मिनेटमै नेप्से ४२ अंकले बढेर अधिकतम विन्दु २६४३ अंकमा पुगेको थियो। तर त्यसपछि भने सामान्य उतारचढावका बीच नेप्से दोहोरो अंकको वृद्धिसहित बन्द हुन पुग्यो। समग्रमा यो दिन नेप्से सूचक ११.५८ अंकले बढेर २५८८.३५ अंकमा बन्द भएको हो। हरियो बनेको बजारमा १८८ कम्पनीको सेयरमूल्य बढ्दा पनि लगानीकर्ताको सक्रियता देखिएन। बिहीबार राताम्मे बनेको बजारमा पनि ५ अर्ब…

अर्थमन्त्री पाैडैलबाट नेप्सेकाे निरीक्षण पुँजीबजार अस्थिर भइरहेकोमा चिन्ता व्यक्त
आर्थिक परिवेश

२ असोज, काठमाडौँ  ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चाँसो व्यक्त गर्नुभयो । “केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम रु ३० अर्ब हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम रु पाँच /छ अर्बमा खुम्चिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ ।” वर्तनमान सरकार गठन…