नेपाल भारतलाई  हराउदै साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश
आर्थिक परिवेश

 ११ कार्तिक,  काठमाडौँ ।     नेपाल भारतलाई  हराउदै साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् । मध्यान्तरपछिको…

राहत र पुनःनिर्माणका काममा तीनै तहका सरकारहरु गम्भीर भएर लाग्नु पर्छ : प्रम
आर्थिक परिवेश

२ कार्तिक काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवङ्गतहरूमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताउनुभयो । “अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मकरुपमा काम गर्नुपर्नेछ ।”,…

सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि दरबन्दी स्वीकृत
आर्थिक परिवेश

 २१ असाेज , काठमाडौं ।   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औं सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरुमा पोस्ट ग्रयाजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थियाे  । बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यस निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका…

सरकारले विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्याे
आर्थिक परिवेश

१९ असाेज,  काठमाडौँ ।  सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । “बाढीपहिरो प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी छ, प्रभावित क्षेत्रमा विशेष योजनाका पुनःस्थापना र पुनःनिर्माण गर्ने योजनाका साथ लाग्न विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो”, उहाँले भन्नुभयो । प्रवक्ता गुरुङका अनुसार कोशी प्रदेश पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र सुनकोशी…

बहुक्षेत्रीय पोषण योजना तेस्रो सार्वजनिक १ खर्ब ३९ अर्ब खर्च हुने प्रस्ताव
आर्थिक परिवेश

०२ असोज, काठमाडौ ।   राष्ट्रिय योजना आयोगले बहुक्षेत्रीय पोषण योजना तेस्रो बुधवार सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०८०।८१ देखि कार्यन्यवनमा आएको यो योजना आर्थिक बर्ष २०८७।०८८सम्म लागू हुनेछ । योजना काठमाडौमा आयोजित एक समारोहका बीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य आरपी विच्छा,युनिसेफ नेपालका देशीय निर्देशक जी हायुन रह लगायतले सामूहिक रुपमा सार्वजनिक गर्नु भएको हो । गुणस्तरीय पोषण सेवाको उपलब्धता र पहूँचको सुनिश्चितता गर्दै मानव जीवन चक्रमा पोषणको अवस्था सुधार गर्ने लक्ष्य सहित संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यले अघि सारेका लक्ष्यहरु हाँसिल गर्न सहयोग पुरयाउने गरी योजना तर्जुृमा गरिएको हो । नेपालमा…