साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढ्याे
आर्थिक परिवेश

२८ मंसिर, काठमाडौँ  ।  चालु आर्थिक वर्षको चार महिनामा नेपालमा   खर्ब ७७ अर्ब  ९६ करोड बराबरको विप्रेषण रेमिटेन्स  भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढेकाे जनाइएकाे   छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले मात्र बढेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव एक  प्रतिशतले वृद्धि भै तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा…

संघीय सरकारबाट विकास निर्माणमा सहयोग नहुँदा विकास गर्न सकिएन : मुख्यमन्त्री शर्मा
आर्थिक परिवेश

२७ मंसिर सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भएकाे  छ  । राष्ट्रिय योजना आयोगले आगामी १६ औ पञ्चबर्षिय योजना तर्जमाका लागि बुधवार कर्णाली प्रदेशको सुर्खेतमा सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भयो । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले संघीय सरकारले सहयोग नगरेका कारण कतिपय परियोजनाहरु अघि बढाउन समस्या भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले  कर्णाली प्रदेशको द्रुत विकास आवश्यक रहेको बताउनु भयो । उहाँले १६औँ योजना वस्तुपरक र यथार्थ बन्ने भन्दै त्यसका…

बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको छ : अर्थमन्त्री
आर्थिक परिवेश

२७ मंसिर, काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताउनुभयो । “मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन् । कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापनका कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए”, अर्थमन्त्री महतले भन्नुभयो, “समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् । शेयर बजारमा सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि…

नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड
आर्थिक परिवेश

२६ मंसिर,काठमाडौँ  ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिनुभएको छ । काठमाडौँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैङ्क, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गर्नुभयो । “प्रविधिको विकास र प्रयोगमा सहकार्य गरौँ, यसको प्रयोगबाट समुन्नत राष्ट्र बनाऔँ”, सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री शर्माले भन्नुभयो । सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गर्नुभयो । मुलुकको समग्र विकासका लागि सरकारले सूचना…

नेपाली शेयर बजारमा उच्च वृद्धि ३ पटकको सर्किट ब्रेक पछि कारोवार स्थगित
आर्थिक परिवेश

२४ मंसिर, काठमाडौ ।  मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैकले लचकता अपनाए पछि त्यसको प्रभाव आइतवार नेपाली शेयर बजारमा परेको छ । यस दिन सेयर बजार परिसूचक ९ मिनेटको अवधीमा १११.२० अंकले बढेको छ । कारोवार शुरु भएको केही क्षणमै परिसूचक उच्चदरले बढे पछि नेपाल स्टक एक्सचेञ्जले बजारमा ३ पटकसम्म सर्किट लगाएको थियो । यस दिन शेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको छ । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो । पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५…