बाढी तथा पहिराेमा परी जेठ २८ देखि साउन १३ सम्म १ सय ४३ जनाकाे मृत्यु
आर्थिक परिवेश

 १४ साउन,  काठमाडौँ  ।  मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढी पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना रहेका छन् । मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा…

विपदमा परेर जेठ २८ यता एक सय ३३ जनाको मृत्यु
आर्थिक परिवेश

०८ साउन,काठमाडौँ ।  मनसुनी वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ,…

आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
आर्थिक परिवेश

१४ असार,काठमाडौँ । सरकारले घरजग्गा किनबेचका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको छ । माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिनुभयो । मन्त्रालयले माघ १ देखि बैङ्किङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।…

नेपालकाे ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको छ : शक्तिबहादुर बस्नेत
आर्थिक परिवेश

३२ जेठ, काठमाडौं ।  ऊर्जा, सिँचाइ तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले  नेपालमा ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताउनुभएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उहाँले राजनीतिक परिवतनपछि ऊर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताउनुभयो । विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उहाँको भनाइ थियो । तीनवटै तहका सरकार, नीजि क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिनुभययो । समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री…

५ हजार ३ सय वडाहरुको मुख्य राजस्वको स्रोत अहिले पनि भूमि तथा मालपोत कर
आर्थिक परिवेश

३० जेठ, काठमाडौ ।   देशभरका ६ हजार ४ सय ४३ वडाहरु मध्ये ५ हजार २ सय ९४ वडाहरुको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको देखिएको छ । राजस्वको प्रमुख स्रोत भूमि तथा मालपोत कर रहेका वडाहरु ७८.५ प्रतिशत रहेको केन्द्रीय तथ्याड.क कार्यालयको तथ्याडकले देखाएको छ । तथ्याड.क कार्यालयको प्रतिवेदन अनुसार राजस्वको प्रमुख स्रोतको रुपमा सेवा शुल्क दस्तुर रहेका वडाहरुको संख्या ६९.१ प्रतिशत, सम्पती कर मुख्य रहेका वडाहरुको संख्या ५३.५ प्रतिशत, व्यवसाय कर मुख्य रहेका वडाहरुको संख्या ५२.८ प्रतिशत, घरबहाल कर प्रमुख स्रोत रहेका वडाहरुको संख्या ३२.२ प्रतिशत रहेको छ । देशभरका वडाहरुको मख्य राजस्वको स्रोतमा यी बाहेक दण्ड…