नेपाली शेयर बजारमा उच्च वृद्धि ३ पटकको सर्किट ब्रेक पछि कारोवार स्थगित
आर्थिक परिवेश

२४ मंसिर, काठमाडौ ।  मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैकले लचकता अपनाए पछि त्यसको प्रभाव आइतवार नेपाली शेयर बजारमा परेको छ । यस दिन सेयर बजार परिसूचक ९ मिनेटको अवधीमा १११.२० अंकले बढेको छ । कारोवार शुरु भएको केही क्षणमै परिसूचक उच्चदरले बढे पछि नेपाल स्टक एक्सचेञ्जले बजारमा ३ पटकसम्म सर्किट लगाएको थियो । यस दिन शेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको छ । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो । पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५…

दिगोपना र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास गर्नु अपरिहार्य : विज्ञहरु
आर्थिक परिवेश

२३ मंसिर, काठमाडौ ।  विज्ञहरुले दिगोपनता र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य रहेको बताउनु भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को नियमित कार्यक्रम ’फ्राइडे फोरम’ अन्तर्गत शुक्रवार ललितपूरमा आयोजित कार्यशालाका वक्ताहरुले देश, समुदाय र भविष्यको ऊर्जा विकासको लागि दिगोपना र स्थायित्व महत्वपूर्ण भएको बताउनु भयो । कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले समुदाय र वातावरणको भलाईका लागि जलविद्युतको दिगोपनामा ध्यान दिनुपर्ने बताउनु भयो । नेपाल जलविद्युत दिगोपनका मापदण्ड अपनाउने देशमा अग्रणी नै रहेको भन्दै नेपाल, क्यानडा, ब्राजिललगायत केही देशका केही जलविद्युत आयोजनाले यसअघि नै स्वर्ण प्रमाणपत्र (गोल्ड सर्टिफिकेट) लिएको पनि कार्कीले बताउनु भयो । इप्पानसहित युएसआईडी, हाइड्रोपावर सन्सटेनाबिली एलाइन्स,…

सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

२३ मंसिर, काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० का सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई परिचालित गरेको बताउनुभयो । आफ्नो नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सकारात्मक परिणामस्वरुप आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको बताउनुभयो । “अहिलेसम्म भएका प्रयत्न र परिणाम पूर्ण छैनन् । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि…

सरकार सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
आर्थिक परिवेश

२२ मंसिर, धनगढी ।   प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धिका लागि अघि बढिरहेको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले जनताका आशा, अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको बताउनु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले आज कैलालीको धनगढी उपमहानगरपालिका १६ घसिटामा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टीको विशेष अभियान देशभर सफतापूर्वक अघि बढेको बताउनु भयो । उहाँले विशेष रूपान्तरण अभियान जनतामा नयाँ आशा, भरोसा जगाउन सफल भएको बताउनु भयो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले पार्टीलाई जनता, सहिद परिवार, बेपत्ता तथा घाइते परिवारसँग जोड्ने काम गरेको…

मौद्रिक नीतिको समीक्षा मुलुकको अर्थतन्त्र थप चलायमान हुने गर्भनरको दाबी
आर्थिक परिवेश

२२ मंसिर, काठमाडौ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको चाैमासिक समीक्षा गर्दै विभिन्न क्षेत्रका नीतिगत दरहरु घटाउने निर्णय गरेको छ । राष्ट्र बैंकले विद्यमान मौद्रिक नीतिको समीक्षा गर्दैे बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरि बैंकदरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत बनाउने भएकाे छ । मौद्रिक नीतिको समीक्षाले नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ । मौद्रिक नीतिले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखेको छ । राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको घर कर्जामा किस्ता अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याउनुका…