औद्योगिकीकरणमा नयाँ शुरुआत : थप सात स्थानमा औद्योगिक ग्राम स्थापना हुने
आर्थिक परिवेश

१५ असार,काठमाडाैं  ।  मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन् । यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले ती औद्यौगिक ग्राम स्थापना गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणापत्र अनुसार कानून तर्जुमा गर्न सैद्धान्तिक…

मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी
आर्थिक परिवेश

१३ असार, काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको । कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरुसँग जोडिएको विषयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले गुरुङ र उनको परिवारको नाममा २९ रोपनी ललिता निवासको जग्गा रहेको पाइएको जानकारी दिनुभयो । उहाँले अन्यको हकमा चार, पाँच रोपनी जग्गा रहेको देखिएको बताउनुभयो । यस्तै अर्का पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले भने मालपोत कार्यालय भक्तपुरको तत्कालीन अधिकृत हुँदा पाँच रोपनीभन्दा बढी ललिता निवासको…

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसिहत अन्य पाँच पक्राउ
आर्थिक परिवेश

१२ असार, काठमाडौँ ।  काठमाडाैकाे बालुवाटार अवस्थित ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की छन् । सिआइवीले कीर्ते गरेको कसुरमा उनीहरू विरुद्ध अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । गुरुङसँगै आज उक्त प्रकरणमा छ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको…

काठमाडौंलाई सांस्कृतिक शहरकाे रूपमा विकास गर्ने नीति तथा कार्यक्रम पारित
आर्थिक परिवेश

८ असार, काठमाडौं ।  काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष  २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । ‘सांस्कृतिक शहर, समृद्ध महानगर’को नारा सहित आएको नीति तथा कार्यक्रममा १७ जना कार्यपालिका सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भएकाे  थियाे । नगरसभा सदस्यहरुले सरसफाइमा प्रविधि र उपकरण थप गर्ने, विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरवलोकन गर्नुपर्ने विषय उठाउनु भएकाे थियाे  । यस्तै लामो समयदेखि करार सेवामा रहेका कर्मचारीहरुलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नु पर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई…

राष्ट्रिय योजना आयोगले पूर्णता पायाे
आर्थिक परिवेश

२१ जेठ,काठमाण्डौं ।  राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले आइतवार पद तथा गोपनियताको सपथ लिए सँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा.मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो । महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । २०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गर्नु भएको थियो । यसअघि आयोगको सदस्यहरु डा.रामकुमार फुयाँल, डा.जयकान्त राउत, डा.प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्त भइसक्नु भएको छ ।