भारतकाे कश्मीरमा ‘विस्फोट’को आवाज पाकिस्तानले बम आक्रमण वा मिसाइल आक्रमण गरेको शंका
आर्थिक परिवेश

२५ वैशाख, काठमाडौं ।   भारत प्रशासित जम्मु कश्मीरमा ‘विस्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यस क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मीरमा विस्फोट भएको सुनिए पनि विस्तृत विवरण आइनसकेको बताउनु भएकाे छ । ‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन, तर परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’ उनले भनेका छन्, ‘त्यहाँ अहिले ब्ल्याक आउट छ ।’ कम्मु कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विस्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएका छन् । भारत वा पाकिस्तान दुवैतर्फ बाट यस बारेमा विस्तृत विवरण आएको छैन् । पहलगाममा…

सन् २०२४ : विश्व अर्थतन्त्र, राजनीति र उतारचढाव
आर्थिक परिवेश

१७ पुष   काठमाडौँ ।   सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए । युक्रेन–रुस युद्ध, मध्यपूर्वको विवाद, र अमेरिकाको राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः परिभाषित गर्‍यो । क्रिप्टोकरेन्सीले ऐतिहासिक उचाइ हासिल गर्‍यो भने फिनटेक क्षेत्रले नयाँ सम्भावनाहरू देखायो । विश्व तापमानमा ऐतिहासिक वृद्धि र प्राकृतिक प्रकोपहरूले जलवायु सङ्कटलाई थप गम्भीर बनाएको यो वर्ष आर्थिक, सामाजिक, र प्राविधिक दृष्टिले महत्वपूर्ण रह्यो । विश्व अर्थतन्त्रका महत्वपूर्ण घटना र उपलब्धिहरू यस्ता रह्ये । कमजोर आर्थिक वृद्धि   यो वर्ष कमजोर आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीति र नियन्त्रणकारी मौद्रिक नीतिको वर्ष…

अर्थतन्त्रकाे आकाशमा उज्यालाे घेरा देखि‌दैछ
उद्धव शिलवाल

 १५ कात्तिक,काठमाडौँ ।    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा तिहारको झिलीमिली जस्तै उज्यालो रहेको देखाएको छ । अहिले बजारमा तिहारको उज्यालोले प्रवेश पाए जस्तै अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा पनि उज्यालोपन देखिएको हो । आयातमा भएको कमी र बढ्दो विप्रेषणको कारण २१ खर्ब ५२ अर्ब बराबरको विदेशी मुद्रा सञ्चितिमा रहेको छ । विदेशी मुद्रा सञ्चितिको आकार चालु आवको बजेटभन्दा बढी रहेको छ । जबकि चालु आवको बजेटको आकार रु १८ खर्ब ६० अर्ब ३० करोड छ । यसले अर्थतन्त्रको बाह्य सूचक एकदमै मजबुत रहेको देखाउँछ । विदेशी दातृ निकायहरुले विदेशी विनिमय सञ्चिति…

दिगो आर्थिक वृद्धि सुनिश्चित गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्छ : चन्द्रप्रसाद ढकाल
आर्थिक परिवेश

औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका पछाडि सरकार तथा उपभोक्ताको खर्च मुख्य रहेको छ । विशेष गरी कोभिड–१९ महामारी र त्यसयता लिइएका केही नीतिगत व्यवस्थाका कारण समस्या गहिरिएको हो । साथै देशबाट युवा वर्गको उच्च मात्रामा भइरहेको पलायनले पनि मुख्य भूमिका खेलेको छ भन्न सकिन्छ ।  कलकारखाना पूर्ण क्षमतामा नचल्दा रोजगारी र समग्र आर्थिक उत्पादकत्वमा प्रत्यक्ष असर परेको त स्पष्ट नै छ । चालु आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव पाँच प्रतिशत र उत्पादकको…

लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः सुशील भट्ट
आर्थिक परिवेश

१५ बैशाख, काठमाडौँ  ।  सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका सकिएकाे  छ । भाेली आइतबार र सोमबार (वैशाख १६ र १७ गते) ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ काठमाडौँमा आयोजना हुँदैछ । लगानी सम्मेलन नजिकिँदै गर्दा त्यसको पूर्वतयारीका काम कति चुस्त छन् र सम्मेलनबाट सोचेअनुरुप उपलब्धि कसरी हासिल होला भन्नेमा धेरैको चासो छ । सम्मेलनका लागि करिब डेढ सय हाराहारी आयोजना ‘सोकेस’मा लैजाने निर्णय सरकारले गरिसकेकाे छ ।  ती आयोजनामा लगानीकर्तालाई कसरी आकर्षित गर्ने र बढीभन्दा बढी लगानी भित्रिने सुनिश्चित गर्ने भन्ने अहिलेको प्रमुख विषय हो । यसै सन्दर्भमा लगानी आकर्षित गर्नका लागि चाहिने नीतिगत तथा कानुनी स्पष्टता एवम् सम्मेलनका…